काठमाडौं । प्रमुख राजनीतिक दलहरु मौन अवधी सुरु हुने केहीघण्टा अघि व्यस्तताका साथ दुई नम्बर प्रदेशमा केन्द्रीत हुँदैछन् ।

कांग्रेस, माओवादी, राजपा लगायतका राजनीतिक दलका शीर्ष नेताहरु सातादेखि तराई मधेसमा व्यस्त भए पनि नेकपा एमालेका शीर्ष नेताहरु पनि आज मधेस झर्दैछन् ।

मधेस नझरेको आरोप लाग्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आज चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमालेका अनुसार ओलीले आज जितपुर बारामा सम्बोधन गर्नेछन् । उनी त्यहीँबाट काठमाडौं फिर्ता हुनेछन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि विगत ५ दिनदेखि दुई नम्बर प्रदेशमै केन्द्रीत छन् । उनले आज वीरगन्जमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले सिरहामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।  शीर्ष नेताहरुले चुनावीसभाबाहेक कार्यकर्ता भेटघाट र घरदैलो अभियान पनि जारी राखेका छन् ।

एमालेका नेता माधव कुमार नेपालले पनि सिरहामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सर्लाही र संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सिरहामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

मौन अवधी सुरु हुनुभन्दा केही दलका शीर्ष नेताहरुको व्यस्तता ह्वात्तै बढेको हो । निर्वाचन आयोगका अनुसार आजै राति १२ बजेदेखि मौन अवधी सुरु हुनेछ ।

असोज २ गते हुने निर्वाचनका लागि आजै राति १२ बजेदेखि मौनअवधी सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उमेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उमेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

मौन अवधीमा के के गर्न पाइँदैन ?

निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने

मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका

आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

उमेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।

उमेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah