बारा । प्रदेश नं. २ काे दोस्रो चरण निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट पराजित देवी ज्ञवाली शुक्रबार बिहान बाराको निजगढ नगरपालिका आइपुग्दा नेकपा एमाले कार्यकर्ता र शुभचिन्तकको घेरामा परे ।
चारैतर्फबाट घेरा हालेका युवा कार्यकर्तासंग सेल्फी खिच्न, हात मिलाउन र नमस्कार ज्ञावालीलाई भ्याइनभ्याइ थियो । नेकपा एमालेका उम्मेदवारेको पक्षमा मत माग्न बोलाइएका ज्ञावाली यतिबेला एमाले कार्यकर्त र मतदाताबीच लोकप्रिय बनेका छन ।
भरतपुरको निर्वाचनमा पराजित बनेपछि बाहिरका कार्यकर्ता र सर्वसाधारणमा समेत चर्चा बढेको र कहिले पनि देखभेट नभएकाहरु पनि नाम सुनेकै भरमा सेल्फी खिचाउन अनुरोध गर्दै नजिक आउने ज्ञावालीले बताए । भेट भएका मध्ये धेरैले षडयन्त्र पुर्वक पराजित गरिएको भन्दै आफुलाई सहानुभुति दिने गरेको पनि ज्ञावालीले बताए ।
आगामी असोज २ गते हुने बाराको निजगढ नगरपालिकामा पनि काग्रेश र माओवादी केन्द्रले एमाले विरुद्ध संयुक्त उम्मेदवार खडा गरेपछि चुनाव प्रचारको लागि पार्टीका स्थानीय नेता कार्यकर्ताले ज्ञावालीलाई निजगढ झिकाएका हुन । गठबन्धन पक्षधरबाट हुन सक्ने दुष्प्रचार र षडयन्त्र चिर्न ज्ञावालीको अनुभव र कार्यकर्ताको माग अनुसार ज्ञावालीलाई बोलाइएको हो ।
एमालेको चुनाव प्रचारमा उपयोगी ज्ञावालीले पार्टी उम्मेदवारको पक्षमा प्रचार गर्न समय मिलाएर जिल्लाको जितपुरसिमरा उपमहानगर, कोल्हवी नगरपालिका, रौतहटको चन्द्रनगर नगरपालिका र पर्सा जिल्लाको पर्सागढी गाउँपालिकामा समेत पुगेका छन ।
जिल्लाका दुई दर्जन भन्दा बढी साना ठुला सभालाई संवोधन गरिसका ज्ञावालीले अध्यक्ष केपी शर्मा ओली सहभागी बन्ने जितपुरसिमरामा एमालेको चुनावी सभामा शुक्रबार शंबोधन गर्ने छन । निजगढमा ज्ञावालीको सुुसुरालीको नाता पनि जोडिएको छ । एमाले कार्यकर्ता एंव गाविसका पुर्व अध्यक्ष नन्दीकिशोर न्यौपानेकी छोरी विमलासंग उनले ०४५ सालमा बिबाहा गरेपछि निजगढमा ज्ञावालीको पारिवारिक नाता जोडिएको हो ।
तत्कालिन नेकपा मालेकालमा भुमिगत बसेर पार्टी काम गरेको नाताले पनि ज्ञावाली यसअघिका निर्वाचनमा पनि एमाले उम्मेदवारको चुनाव प्रचार गर्न निजगढ आउने गरेका थिए । नेकपा एमालेको राम्रो पकड मानिएको निजगढमा गठन्धनको तर्फबाट नेपाली काग्रेशका सुरेश खनाल र उपमेयरमा माओवादी केन्द्रका बेनी मोक्तान चुनावी मैदानमा छन भने नेकपा एमालेले भने नारायण खडका र लिला खनाललाई गठबन्धन विरुद्ध मैदानमा उतारेको छ । काग्रेश माओवादी केन्द्रले मयेर उपमेयर सहित वडा नं. ५ र ६ मा समेत आपसी तालमेलमा उम्मेदवार खडा गरेका छन ।



