मौन अवधी सुरु हुन भन्दा केहि घण्टा अगाडी मधेश झरेका एमाले अध्यक्ष केपि शर्मा ओलीले मधेशी दलका नेताहरुलाई चुनौती दिएका छन् । ‘मलाई मधेशविरोधी भन्ने तपाईहरुले के के गर्नु भयो ?’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गर्दैछन् ।’ बाराको जितपुर-सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै जनकपुरको चक्रपथ, वीरगन्ज-पथलैया ६ लेन सडक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने उनको जिकिर थियो । ओलीले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । ओलीले थपे, ‘हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन । हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् ।’ ‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे ?’ ओलीले प्रश्न गरे ।
ओलिको कडा प्रश्न: एमालेलाई मधेसविरोधि भन्नेहरुले के गरे ?
सवाल नेपालसंवाददाताशनिबार, ३० भदौ २०७४

ओलिको कडा प्रश्न: एमालेलाई मधेसविरोधि भन्नेहरुले के गरे ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



