वीरगन्ज : असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लागि शील गरिएको छ। भारतसँग सीमा जोडिएका पर्साका सबै नाकाहरु शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति १२ बजे सम्मका लागि शील गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले जानकारी दिए ।

र्सा जिल्लाको १०७ किलोमिटर भू-भाग भारतको बिहारसँग जोडिएको छ । सोमबारको निर्वाचन सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसंग सिमा जोडिएको १०७ किलोमिटर सीमा क्षेत्र शील गरेको हो ।नाका शील गरिएसंगै सुरक्षाकर्मीले नेपाल-भारत आवतजावतमा रोक लगाएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडीको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, ट्याम्पु लगायतका सबै खाले सवारी साधन आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाई समेत शरीर खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिइएको छ ।

पर्सामा रहेका १६७ वटा मतदान स्थल मध्ये भारतसँग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले बताए । अन्नपूर्ण पोस्ट बाट