बिर्तामोड । गएको बुधबार दिउँसो होटल व्यवसायी संघ झापाको कार्यालयमा बिर्तामोडका होटल व्यवसायीहरु आफूमाथि आइपरेको संकटलाई लिएर चिन्तित थिए । उनीहरुमध्ये केहीले होटलमा छापा मारेर प्रहरीले निर्दोषलाई पक्राउ गरी थुन्नु ठीक नभएकोे तर्क गर्दै आक्रोस पोखिरहेका थिए । कोही चाहिँ प्रहरीले नै उचालेर यौनकर्मी महिलालाई उजुरी गर्न लगाएको दावी गरिरहेका थिए ।

आफूमाथि परेको समस्या सल्लाह गर्न र किनारा लगाउन व्यवसायीहरु संघको कार्यालयमा भेला भएका थिए । होटलमा युवती राखेर यौनधन्दा चलाएको कुरा भने कसैले अघि सारेनन् । सबै जनाले बिर्तामोडका नयाँ डिएसपी राजकुमार सिलवालको शिकायत गरिरहेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखमा डिएसपी सिलवाल आएपछि होटल व्यवसायीहरुमा खैलाबैला मच्चिएको हो । यौनधन्दा चलाएर राम्रो कमाई गरिरहेका होटल व्यवसायीहरुको व्यवसाय यतिखेर चौपट्ट बनेको छ । कतिपय होटलहरु बन्द नै भएका छन् ।

केशवबहादुर थेवे सरुवा भएर गएपछि गत भदौ ९ गते आएका सिलवालले आउने बित्तिकै होटललाई टार्गेट बनाए । एकपछि अर्को गरी बिर्तामोडका प्रायः सबै होटलहरुमा छापा मार्न लगाए । रेड एरियाको रुपमा कलंकित बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा पहिलो धावा बोले । छापा मार्दा यौन क्रियाकलापमा संलग्न २२ जना समातिए ।

सिर्जना, एवान, जलगंगा, न्यू ताप्लेजुङ, रोडसिटीलगायतका होटलहरुबाट १६ जना यौनकर्मी युवती र ६ पुरुषलाई पक्राउ गर्न प्रहरी सफल बन्यो । सबैमाथि प्रहरीले सार्वजनिक मुद्धा दायर गर्यो र पछि उनीहरु धरौटी तिरेर रिहा भए ।

प्रहरीले बसपार्कका होटलमा छापा मारेर यौनधन्दामा संलग्नहरुलाई पक्राउ गरेको यो पहिलो घटना होइन । बेलाबखत प्रहरीले गर्ने यस्तो कार्बाहीले यो पेशा निमिट्यान्न हुन सकेको छैन । केही दिन निश्क्रिय देखिने होटल व्यवसायीहरु पmेरि आफ्नो कालो धन्दामा जम्न थालिहाल्छन् ।

बिर्तामोडका करिव ५० वटा होटलहरुमा यौनधन्दा हुने गरेको एक होटल व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । बसपार्कमा मात्र २०–२२ वटा होटलमा त्यस किसिमको यौन व्यवसाय हुने गरेको प्रहरीको बुझाई छ । कतिपयले आफ्नै होटलमा युवती राखेका छन् भने कतिपयले बाहिरबाट युवती मगाइदिएर ग्राहकलाई सेवा दिने गरेका छन् ।

होटलहरुमा रातिभन्दा दिनदहाडै यौनधन्दा बढी चल्ने गरेको छ । थोरै पैसा हुनेहरु दिनमा र रुम लिएर बस्न चाहनेहरु राति आउने गरेको ती होटल व्यवसायीले बताए । उनका अनुसार यौनसम्पर्कको रेट बनेको छ । एक सट अर्थात् एकपटक यौन सम्पर्क गर्दा एक हजार र होलनाइट अर्थात रातभरिका लागि बुक गर्दा ४ हजार रुपैयाँ ग्राहकले तिर्नुपर्छ । त्योसँगै बुकिङ गरेर ग्राहकले युवतीलाई बाहिर पनि लैजान पाउँछ । त्यसका लागि ४ हजार ५०० रुपैयाँ बुझाउनु पर्छ, ती व्यवसायीले गोपनियता नखोल्ने शर्तमा बताए ।

एउटा ग्राहकबाट पाउने एक हजार रुपैयाँमध्ये आधा होटलवालालाई बुझाउनु पर्ने हुन्छ । त्यस्तै राति बस्ने ग्राहकले तिर्ने चार हजारमा यौनकर्मी युवतीलाई २५ सय र होटलवालाले १५ सय पाउँछन् । खासगरी मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, रसुवा, सुनसरी आदि जिल्लाबाट आएका युवतीहरु त्यस्तो कार्यमा संलग्न हुने गरेको पाइएको बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।

तामाङ, राई, लिम्बू जातिका युवतीहरु बढी संलग्न भएपनि खस आर्यहरु पनि भेटिएका प्रहरी निरीक्षक बिष्टले सुनाए । १६–१७ देखि २५ वर्ष उमेर समूहका युवतीहरु यस्तो कार्यमा संलग्न हुने गरेको पाइएको सुनाउँदै प्रहरी निरीक्षक विष्ट भन्छन्, ‘एकपटक पक्राउ परेका युवतीहरु पmेरि फर्किएर यहाँ आउदैनन् ।’ कसरी यस्तो हुन्छ ? समाचार स्रोत भन्छ, ‘होटलवालाले सम्पर्क गरेर अर्को ठाउँबाट नयाँ युवती मगाउँछन्, यहाँका लाई अन्यत्र पठाउँछन्, जागिरमा सरुवा जस्तै हुन्छ उनीहरुको ।’

बिर्तामोड बसपार्कका अधिकांश होटलहरु युवतीकै कारण चलेका छन् । त्यहाँ युवती र पेय पदार्थ बाहेक अरु भेटिँदैन । ग्राहकले अर्डर गरे खानेकुरा बाहिरबाट मगाइन्छ । वर्षौदेखि रेड एरियाको रुपमा परिचित बसपार्कका होटलहरु स्वदेशमा मात्र होइन, भारतीय ग्राहकका लागि पनि गन्तब्यस्थल बन्ने गरेका छन् । ती होटलहरुमा स्वदेशीभन्दा भारतीय ग्राहकहरु बढी आउने गरेका छन् । ‘कटिहारसम्मका ग्राहकहरु रात बस्नका लागि समूहमा आउँछन्’ ती व्यवसायीले भने, ‘राम्रो आम्दानी उनीहरुबाटै हुन्छ ।’

गतवर्ष यौन व्यवसायमा संलग्न १५६ जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरी मुद्धा चलाएको प्रहरी तथ्याङ्क छ । पक्राउ पर्नेहरुमा ७५ महिला र ८१ पुरुष थिए । पक्राउ पर्नेमा भारतीयहरु पनि रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।

प्रहरीसँग लाइन मिलाएर ती होटलहरु सञ्चालन भइरहेका छन् । यद्यपि कहिलेकाहीँ देखावटीरुपमा छापा मार्ने गरिन्छ । ‘इलाका प्रहरी कार्यालय बिर्तामोड र बसपार्क प्रहरी पोष्टसँग लाइन नमिलाएसम्म यस्तो कार्य गर्न सम्भव पनि छैन’ ती व्यवसायीले कुरा खोले, ‘नयाँ अफिसर आएपछि केही दिन दुख हुन्छ, पछि कुरा मिल्दै जान्छ ।’

बिर्तामोड प्रहरी कार्यालयबाट मोबाइल गस्ती हिड्नु अगावै पूर्व जानकारी दिएर प्रहरी स्वयम्ले यौनकर्मीलाई भगाउन सहयोग गर्ने गरेकोसमेत उनले खुलासा गरे । तर अहिले प्रहरीभन्दा पनि यौनकर्मीहरु नै होटलवालाको लागि टाउको दुखाई बनेका छन् ।

जबर्जस्ती यौन व्यवसायमा लगाएको र पारिश्रमिक पनि नदिएको भन्दै यौनकर्मी युवतीहरुले बिर्तामोडका होटल व्यवसायीमाथि किटानी उजुरी दिएपछि पछिल्लो घटनाले अर्कै रुप धारण गरेको हो । आफू सुत्ने, अरुसँग पनि सुत्न लगाउने अनि पैसा नदिने त्यस्ता होटल साहुलाई कार्बाही हुन्छ– डिएसपी सिलवालले भने । उनले बिर्तामोडमा यौनधन्दालाई निस्तेज बनाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यौनजीवनः

पैसा,नसा र मोजमस्ती भएपछि संसार अर्कै हुन्छ । यौनकर्मी युवती र होटलवालाहरु त्यही रंगीन संसारमा रमाएका छन् । यौनधन्दामा नाम चलेकी, अनुहार र जीउडाल चटक्क परेकी काभ्रेकी रीता तामाङ (नाम परिवर्तन) को कमाइ लोभलाग्दो छ । उनी महिनाको चार लाख कमाउने गरेको बताउँछिन् । रीताका अनुसार उनी दिनभरि २५–३० जना ग्राहकसँग बस्न भ्याउँछिन्, राति सधै बुकिङ हुने गर्छ । कहिल्यै खाली बस्न नपरेको उनले बताइन् ।

त्यसैगरी काभ्रेकै विनिता तामाङ (नाम परिवर्तन) को पनि आम्दानी राम्रो छ । पढाइमा ध्यान गएन यस्तो पेशामा लागियो, कमाइ नगरी हुँदैन – उनले भनिन् । यही पेशाले अधिकांशले परिवार पाल्ने गरेका छन् । यहाँसम्म कि ब्वाईफ्रेन्डलाई पनि आफ्नै कमाइले पाल्ने गरेको उनीहरुले सुनाए ।

तिनीहरुमध्ये धेरैजना रहरले यो पेशामा लागेको सुनाउँछन् । तर सिन्धुपाल्चोककी १८ वर्षीया सानु तामाङ (नाम परिवर्तन) ले भने भूकम्पले सर्वस्व लगेपछि गुजाराका लागि बाध्य भएर यो पेशामा लागेको बताइन् । सानै उमेरमा यस्तो काममा लाग्दा शुरुशुरुमा पीडा भएको उनले अनुभव सुनाइन् । कन्डम लगाएर यौनसम्पर्क गर्ने कुरामा यौनकर्मीहरु सचेत छन् तर कुनै ग्राहकले जबर्जस्ती कन्डम बिना नै असुरक्षित यौनसम्पर्क गर्ने गरेको उनीहरुले आफ्नो गुनासो सुनाए । साझामन्च बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah