झापाको बिर्तामोडका यौनकर्मी महिलाहरुले होटल ब्यवसायीले आफूहरुलाइ शोृषण गरेको तथा ठगेको आरोप लगाउदै उजुरी हाल्न थालेपछि त्यहाँका होटल ब्यवसायीहरु भाग्ने अवस्थामा पुगेकाछन् ।
अबैध यौन ब्यवसाय गर्दै आएका महिलाहरु एक भएर होटल सञ्चालक बिरुद्ध उजुरी दिएपछि अहिले यो बिषयले ब्यापक चर्चा पाएको छ । यसले यस्तो ब्यवसाय गर्दै आएका होटल ब्यवसायीहरु अत्तालिएकाछन् ।
आफूहरुलाइ ग्राहकबाट लिएको आधा रकम पनि नदिने गरेको भन्दै यौनकर्मी महिलाहरु आक्रोशित हुदै उजुरी दिएकाहुन् । प्रहरीले होटल ब्यवसायी बिरुद्ध प्रमाण जुटाउन र कार्वाही गर्न यस्तो कार्यमा संलग्नहरुसंग उजुरी लिन थालेको हो ।
यता दमकमा यौनकर्मी महिलाहरुको भाग्न थालेकाछन् । पहिला खुलमखुल्ला रुपमा होटल तथा लजमा देखिनेहरु अहिले लुकिछिपी यस्तो कार्यमा संलग्न रहन थालेको बताइन्छ ।
प्रहरीले होटल तथा लजमा कडाइ गर्नुका साथै होटल ब्यवसायी संघले पनि यस बिषयमा कार्वाही गर्नका लागि प्रशासनलाइ माग गरेपछि यस्तो कार्य गर्नेहरु डराउन थालेकाछन् ।




