नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो ।

पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेको तर कोसिस सफल हुन नसकेको बताइएको छ ।

उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो । झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको बताइएको छ ।

जापानी अध्यागमनले पौडेललाई नियन्त्रणमा राख्नुको कारण अहिलेसम्म खुलेको छैन् । जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ ।

यसअघि एमाले नेता देवी ज्ञवाली, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah