काठमाडौं, १ असोज– प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन मंगलबार (असोज ३) न्युर्योक जाँदै हुनुहुन्छ । नयाँ संविधानलाई कार्यन्वयन गर्ने संघीय र केन्द्रीय संसदको निर्वाचनको तयारी लगायत मुलुकका महत्वपूर्ण मुद्दालाई थाती राख्दै प्रधानमन्त्री १० दिन लामो यात्रामा जान लाग्नुभएको हो ।

तीन चरणमा गरेर स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश र केन्द्रीय संसदको निर्वाचनको तयारीमा केन्द्रिकृत हुनुपर्ने र त्यसका लागि अहिले पनि कतिपय कानुन निर्माण नभइसकेको अवस्थामा प्रधानमन्त्री एक साता मुलुक बाहिर रहनु उपयुक्त होइन ।

ऐतिहासिक संविधान दिवसकै दिन न्युर्योक प्रस्थान गर्ने प्रधानमन्त्री असोज १२ मा काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले राष्ट्रसंघको ७२ औं महासभालाई शनिवार संवोधन गर्ने तय भएको छ । त्यसै दिन उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई भेट्नुहुने परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्रीको टोलीमा काठमाडौंबाट २१ जना सदस्य छन् भने न्युर्योकबाट अन्य २१ जना थपिनेछन् । भ्रमण दलमा प्रधानमन्त्री पत्नी सांसद आरजु देउवा राणा भने प्रधानमन्त्रीको सल्लाहकारका हैसियतमा सहभागि हुँदै हुनुहुन्छ । श्रोतका अनुसार, भ्रमणमा मात्र राज्यकोषको करिव ५ करोड खर्च हुनेछ ।

महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीबार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुुहुनेछ । महासभामा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा आइतबार नै न्यूयोर्क गइसक्नुभएको छ ।
नेपालले यसपटक मानव अधिकार परिषद्को सन २०१८–२०२० को सदस्यका लागि उम्मेद्वारी दिंदैछ । प्रधानमन्त्री देउवाले न्युर्योकमा रहँदा मानव अधिकार परिषद्को सदस्यका लागि समेत ‘लविङ’ गर्नुहुनेछ । नेपालले पहिलो पटक परिषद्मा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हो । नेपाल मानवअधिकारका मुख्य ९ अभिसन्धि र प्रोटोकल मध्ये ७ वटासहित २४ बिभिन्न मानवअधिकारको सदस्य छ ।

महासभाका बहुमत सदस्यको मतबाट परिषद्को सदस्य चयन हुन्छ । त्यसमा बिभिन्न महाद्धीपबाट निर्वाचित हुने सदस्यको संख्या तोकिएको हुन्छ । ४७ सदस्यीय परिषद्मा एसिया प्यासिफिकलाई १३ सिट छुट्टयाइएको छ ।

स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघीय संसदको निर्वाचन मंसीर १० र २१ लाई तोकिएको बेला त्यसको तयारीमा गर्नुपर्ने थुप्रै काम बाँकी रहेका छन् । त्यतिमात्र होइन, प्रधानमन्त्रीसमेत जोडिएका एकपछि अर्का भ्रष्टाचारका ठूला काण्डहरुमाथि छानवीन समेत भईरहेका बेला तीनलाई प्राथमिकतामा राख्नुपथ्र्यो
मानवअधिकार परिषद्को सदस्यका लागि प्रधानमन्त्रीले न्युर्योक गएर लविङ गर्ने पनि होइन । त्यसैले महासभामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीकै नेतृत्वमा नेपालले सहभागिता जनाउँदा उपयुक्त हुने थियो । भारत भ्रमणमा गएका बेला नेपालको संविधान जस्तो आन्तरिक बिषयलाई द्धिपक्षीय वहसको बिषय बनाउँदै विवाद खेपेका प्रधानमन्त्री देउवाले न्युर्योकमा समेत त्यस्तै बिषय उठाएर विवाद ल्याउने हुन कि भन्ने चिन्तासमेत छ । चक्रपथ बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah