बिमल पराजुली,टोकियो ।
जापानमा अन्तरक्रियामा सहभागि हुन गएका नेपाली काँग्रेसका नेता धनराज गुरुङ र प्रदिप पौडेलले असम्बन्धित व्यक्तिहरुसमेत आफुसँगै लगेपछि जापानको अध्यागमनले नियन्त्रणमा लिएको छ । सोमबार हुने कार्यक्रममा लागी जापानको नैरिता बिमानस्थल पुगेका उनिहरुले आफुसँगै लगेका झण्डै आधा दर्जन व्यक्तिहरु असम्बन्धित भएको जिकिरसहित अध्यागमनले नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो पुगेका नेता धनराज गुरुङलाई सोधपुछपछि छाडेपनि पौडेललाई भने अहिलेसम्म नियन्त्रणमै राखेको नेपाली काँग्रेस जनसम्पर्क समिती स्रोतबाट खुलेको छ ।
भातृसंगठनले आयोजना गरेको कार्यक्रमका लागी पुगेका पौडेललाई छुटाउन जनसम्पर्क समिती जापान, गैरआवसिय नेपालीका साथै नेपाली दुतावासले समेत पहल गर्दा समेत अध्ययागमनले छाडेको छैन । पौडेलसँगै सोही कार्यक्रममा लागी भन्दै पुगेका अन्य आधा दर्जन नेपालीसमेत अध्ययागमनको नियन्त्रणमा भएपनि को हुन भन्ने खुलेको छैन ।
स्रोतका अनुसार पौडेलसँग पुगेका अन्य नेपाली नेपाल फर्कनेमा अध्ययागमन आश्वस्त हुन सकेको छैन । काँग्रेस नेता पौडेल र गुरुङमाथी जापानी अध्यायगमनको अस्वभाविक केरकार र पौडेलमाथीको २४ घण्टादेखीको नियन्त्रणबारे नेपाली जनसम्पर्क समिती जापानले भने भित्रभित्रै छुटाउन कसरत गरेपनि औपचारिक रुपमा स्विकारेको छैन । झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् ।
उनिहरुसँगै पुगेका अन्य आधादर्जन बढि व्यक्तिबारे स्वयं पौडेल र गुरुङलाई समेत जानकारी नभएको स्रोत बताउछ । उनिहरु नितान्त अन्तरक्रिया कार्यक्रम बाहेकलाई आउनुभएको होईन । र उहाँहरुलाई अन्य नेपाली ल्याएर छाड्नुपर्ने कारण पनि छैन । तर पछिल्लो समय मानवतस्करहरुले नेपालीहरुलाई यस्तै कार्यक्रमका निहुँमा यसरि नै प्रवेश गराउने र उनिहरु नेपाल नफर्कने घटना बढेकाले अध्ययागमनले उहाँहरुमाथी आशंका सहित अनावस्यक केरकार ग-यो । यो दुर्भाग्यपूर्ण छ जनसम्पर्क समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने । टि.भी अन्नपूर्ण डट कम बाट



