काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ । व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन् ।
अाजको नागरिकमा खबर छ-निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले अाइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो । कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।’
प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन् ।
‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ ।’
सार्वजनिक निकायमा बस्ने पदाधिकारीले संसदमा आएर दिएको झूठो बयानका आधारमा अपहेलनाको कारवाही हुनुपर्ने माग समेत ज्ञवालीको छ । ‘म, मेरो परिवार र मेरो प्रकाशनको विश्वसनियतामा आँच आउने गरी संसदको समितिमा दिएको झूठो बयानका निम्ति कानुनी उपचारसमेत खोज्ने छु ।’
अायल निगमका कार्यकारी निर्देशक खड्का जग्गा खरिदमा भएको करिब १ अर्ब ६७ करोड रुपैयाँ अनियमिततामा मुछिएको प्रकरणबारे नागरिक दैनिकले खोजी सामग्री प्रकाशित गर्दै अाएको छ ।










