काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा क्षति गर्ने उद्धेश्यले सिलिण्डर पड्काउन खोजिएको छ ।

बूढानीलकण्ठमा रहेको उनको घर बाहिर बाटोमा राति १ः३० बजेतिर सिलिण्डरमा आगो लगाएर विष्फोट गर्न खोजिएको हो ।

महाराजगञ्ज प्रहरी प्रभागमा प्रहरी निरीक्षक गम्भीरजंग थापाका अनुसार दुई वटा सिलिण्डरमा आगो लगाएर पड्काउन खोजिएको थियो

हाम्राकुरासंग थापाले भने, ‘घटना राति साढे १ बजेतिर भएको रहेछ, मेरो टिम २ः१५ तिर पुगेको थियो, दुई वटा सगर ग्याँसको सिलिण्डर रातो र निलो रंगकोमा ३०–३५ वटा जुटको बोरामा आगो लगाएर पड्काउन खोजिएको रहेछ, एउटा सिलिण्डरमा आगो लागेको थियो भने अर्कोमा केही भएको थिएन, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइयो ।’

प्रहरी निरीक्षक थापाले घरमा कुनै क्षति हुन नपाएको बताए । उनले विष्फोट कसले गराउन खोजेको भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah