दिनानुदिन रुपमा आत्महत्या भयाभह रुपमा बढ्न थालेपछि दमकमा आत्महत्या बिरुद्ध सचेतना अभियानमा युवाहरु लागेकाछन् ।
बिद्यालयसंग सहकार्य गरेर माबि तहका बिद्यार्थीहरुलाइ सचेतना अभिबृद्धिमा युवाहरु जुटेकाहुन् । युथ फर ब्लड झापाको संयोजन दमकमा यस प्रकारको अभियान शुरु भएको बताईएको छ ।
सोमबार सिंह देवी माविको सहयोगमा एकदिने ‘एन्टि–सुसाइड मुभमेन्ट’ अन्तर्गतको कार्यशाला सम्पन्न गरीएको छ । दमक नगरपालीकाका उपमेयर गीता अधिकारीले युवा अवस्थामा आउने समस्याहरुको बिषयमा खुलेर छलफल गर्नु पर्ने बताएकी थिइन् ।
उनले आत्महत्या समस्याको सामधान नभएको भन्दै यस्तो नसोच्न र कसैले सोचेको भए त्यो मूर्खता भएको भन्दै समस्यासंग जुधेर सफल बन्न आग्रह गरिन्
वडा नं. १० का वडाअध्यक्ष बोधराज न्यौपानेले युवाहरुको समस्याहरु सामधानका लागि अभिभावकहरुको पनि भूमिका हुने बताए ।
उनले गलत मानसिकता त्यागेर आफ्नो पठनपाठनमा ध्यान दिन आग्रह गर्दै आत्महत्या गर्ने सोच ल्याउनै नहुने र समस्या आइलागेमा त्यो समस्यासंग सहज रुपमा जुध्न आग्रह गरे ।
कार्यक्रममा युवा बिद्यार्थी नेता सन्तोश दुलाल, गुञ्जन लुइटेल र भुपेन्द्र काफ्ले लगायतले बोलेका थिए ।



