३ असोज, काठमाडौं । यो हप्ता सरकारी कामकाज गर्ने तयारीमा हुनुहुन्छ भने तपाइले निकै सास्ती भोग्नुपर्ने भएको छ ।

दशैंको लामो विदा हुनु केही अगाडि हप्तामै तीन दिन सार्वजनिक विदा परेपछि सेवाग्राहीले सास्ती भोग्नुपर्ने भएको हो । सार्वजनिक विदा लगातार नभएर एक दिन बिराएर परेकाले पनि काम केही बाँकी हुँदा सेवाग्राहीलाई थप एक दिन त्यसै कुर्नुपर्ने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असोज ३ गते संविधान दिवस र पर्सि ५ गते घटस्थापनाको सार्वजनिक विदा छ भने ७ गते शनिबार परेकाले सरकारी कामकाज ठप्प हुने भएका छन् ।

त्यसपछि ८, ९ र १० असोजमा खुल्ने कार्यालय दशैं विदाका कारण १७ गते मात्रै खुल्नेछन् । १९ गते फेरि गोजाग्रत पूर्णिमाका कारण विदा छ भने २० गते काम भएर फेरि २१ गते शनिबार परेको छ । यसरी लगातार विदा परेका कारण सरकारी कार्यालयबाट सेवा लिने सेवाग्राही मर्कामा पर्ने भएका छन् ।