डा. दिनेश धरेल

एउटा बालक वा बालिका किशोराबस्थामा प्रवेश गर्दै गर्दा अनेकन परिबर्तन देखिन थाल्छन । शरीर, हर्मोन, मन, यौन, संवेग, चेतना तथा सामाजिक भूमिकामा आउने बदलाबहरु कहिलेकाही कुनै -कुनै किशोर किशोरीहरुको लागि सम्हालिनसक्नुको हुन सक्छ ।

त्यसो त किशोरावस्था आमाबुबाका लागि पनि सजिलो समय अबश्य होइन । जति उमेर बढ्दै जान्छ, उनीहरु के सोचिरहेका र अनुभूत गरिरहेका छन् भन्ने कुरा थाहा पाउनु झन् चुनौतिपूर्ण हुने गर्छ ।  अध्ययनले देखाएका छन् कि आत्महत्या गर्ने दस जना टिनएजर्स मध्य नौजनामा कुनै न कुनै मानसिक रोग वा समस्या भएको हुन्छ । यी मध्य झन्डै आधामा त डिप्रेसन भएको पाइन्छ ।

डिप्रेसन, म्यानिया, स्किजोफ्रेनिया, चिन्तारोग, लागु औसध दुर्बेसनी जस्ता मानसिक रोग लाग्दा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । किशोर किशोरीहरूमा आत्महत्याका घटना कम गराउनका लागि यसका कारक तत्वहरु र पूर्व संकेतको बारेमा थाहा हुन जरुरी छ । हाम्रो मन सधैं एकनासको हुदैन ।

कुनै कारणले एकछिन दिक्क लाग्नु, डर लाग्नु, हतास हुनु, चिन्ता लाग्नु, निन्द्रा हराउनु स्वाभाविक हुन सक्छ । तर मनको यस्तो अबस्था हप्तौं सम्म रहिरह्यो, विभिन्न समय र अबस्थामा पनि मन हमेशा उस्तै रह्यो भने कुनै मानसिक रोगको संका गर्नुपर्छ ।

किशोरबस्था उर्जावान समय हो, शारीरिक परिबर्तन संगै मानसिक तथा सम्बेगात्मक रुपमा बयस्क जीवन तर्फको यात्रा तय गर्दै गर्दा र घर परिवार, इस्ट मित्र, स्कुलरकलेज लगायत नया नया सामाजिक सम्बन्धसंग जोडिएका फरक फरक भूमिका निर्वाह गर्ने बेला हो ।

काफी तनाबका बिचमा कोही किशोर किशोरीहरु आफ्नो सबैभन्दा मनपर्ने गतिबिधिमा पनि रुची हट्ने, हिनता भाब आउने, पढाइमा अकस्मात कमजोर देखिने, नियमित ब्यक्तित्व वा स्वाभाबमा एक्कासी परिबर्तन आउने, तौल घट्ने, खानामा रुची नहुने, निन्द्रा नपर्ने वा सुत्न मात्र खोज्ने गर्न थाल्छन ।

यी सबै कुराले केहि गडबड हुदैछ कि भन्ने संकेत गर्छन ।  किशोर किशोरीमा आत्महत्याको जोखिम बढाउन उनीहरुको मानसिक रोग बाहेक पारिबारिक तथा सामाजिक पृष्ठभूमि र उनीहरुको जीवनमा आइपरेका उतारचढाबहरु पनि जिम्मेवार हुन सक्छन ।

हामीलाई लाग्न सक्छ, टिनएजर्सहरु तर्साउनका लागि आत्महत्याको प्रयास गर्छन । कतिपयले मर्ने कुरा गर्नुलाई उनीहरुको घुर्की मात्र ठान्न सक्नुहुन्छ । तर मर्न मन लाग्ने, मर्ने प्रयास गर्ने वा आफैलाई मार्ने कुरा निकै गम्भीर मानसिक अबस्था हो । यसलाई हल्का रुपमा लिनु भुल हुनेछ ।

किशोर किशोरीहरूमा यस्तो प्रतिकुल मानसिक अबस्था आउनु अगाडि नै चिन्न सक्नुपर्छ । अनि मात्र आत्महत्याबाट हुने मृत्यु कम गर्न सकिन्छ ।  केही अप्रत्यक्ष भनाइ वा ब्यबहार हुन्छन जुन किशोर(किशोरीहरु आत्महत्या गर्नु अगाडि देखाउने गर्छन । ‘कहिलेकाही मलाइ लाग्छ कि म सुत्न जाउँ र कहिलै उठ्न नपरोस’, ‘अब देखि कसैले पनि मेरो बारेमा चिन्ता लिनु पर्ने छैन’, ‘मेरो लास जलाउदा कति जना आउछन होला है !’,

‘म नहुने हो भने सबैलाई सन्चो लाग्दो होला’, ‘मेरो लागि अब कुनै कुराको केही मतलब छैन’ जस्ता कुरा कुनै टिनएजर्सले भनेको सुन्नु भयो भने त्यस्लाई आत्महत्याको रातो झन्डा मान्नुपर्छ । कसैले ‘म मर्न चाहन्छु’ वा ‘मैले बाच्नुको कुनै अर्थ छैन’ भन्छ वा लेख्छ भने त्यो आत्महत्याको पूर्व संकेतकै रुपमा लिनुपर्छ । अझ उसले कुनै तरिकाले आफ्नो ज्यान आफै लिने प्रयास गरेको छ भने त झन् यो मानसिक आकस्मिक अबस्था हो ।

किशोराबस्थामा कसैले यस्तो भन्यो वा गर्यो भने पनि उसलाई झपार्ने वा खेलाचीरनाटक गरेको होला भनिदिने काम कदापि गर्नु हुदैन । अभिभावकको रुपमा तपाइँ एस्तो कुराबाट आतंकित भएको देखाउनु पनि हुदैन । आफ्नो ज्यानको माया सबैलाई हुन्छ । त्येसैले यस्तो गर्नुको अर्थ यो हुन सक्छ कि उसलाई जुन पिडा वा तनाब छ, त्यो उ आफु एक्लैले खप्न सकिरहेको छैन र आफ्नो मान्छेको माया र आधार खोज्दैछ तर यो पागलपन भने होइन ।

पागलपन मानसिक समस्याको पर्याय होइन, यौटा प्रकार मात्र हो । अबस्य पनि आत्महत्याको चाहना राख्नु वा प्रयास गर्नु तुरुन्त मनोचिकित्सकलाई देखाउनुपर्ने र बिशेष निगरानीमा राख्नु पर्ने अबस्था हो । (बालरोग बिशेषज्ञ डा धरेल धरान स्थित बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपप्राध्यापक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah