स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३५ तहमा मतगणना जारी रहेको छ ।

जारी मतगणनामा प्रमुख दलहरुबीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रदेश नम्बर २ का १३६ तहमा निर्वाचन भएको थियो । त्यसमध्ये १३५ तहको मतगणना जारी छ । राजबिराज नगरपालिकाका वडा नम्बर १५ का राजपा उमेदवारको निधन भएपछि भोलि मात्रै मतदान हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि मात्रै त्यहाँ मतगणना सुरु हुनेछ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसले अहिले ३० वटा तहमा अग्रता हासिल गरेको छ । दोस्रोमा नेकपा एमालेले २५ तहमा अग्रता लिएको छ । तेस्रोमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादीले अहिलेसम्म २२ तहमा अग्रता कायम गरेको छ । राजपाले १७, संघीय समाजवादी फोरम नेपालले १५ र अन्यले ५ तहमा अग्रता कायम राखेका छन् ।

निर्वाचन आयोगले ५ दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने बताए पनि अहिलेसम्म कुनै पनि तहको परिणाम आइसकेको छैन ।