सहबान अन्सारी/ नवलपरासीको सरावल गाउपालिका वार्ड न.४ गाेबरहियाको कोटहि मन्दिरमा महान चाडपर्व दशैकोउपलक्ष्यमा शुभ कामना आदानप्रदान एवम् बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा नव निर्वाचित पुरुषाेत्तम सुवेदी ज्यू लाई बधाई तथा सम्मान कार्यक्रम गरिएकाे हाे ।

भाेजपुरि सन्चार मन्च नवलपरासीकाे आयाेजनामा सस्थाको अध्यक्ष उमेश बिक काे अध्यक्षता तथा नेपाल पत्रकार महासघ नवलपरासी काे सदस्य लक्ष्मी हरिजनकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा,नेपाल पत्रकार माहासंघ नवलपरासीको सदस्य नन्दु यादव ,मधेस पत्रकार समाजनेपालके केन्द्रीय सदस्य देशबन्धु यादव,नेपाल पत्रकार माहासंघ नवलपरासीका सदस्य जितेन्द्र गुप्ता,सिध्दार्थ सेकेन्डरी बोडिङ स्कुलका प्रिन्सिपल सुखाणी चाैधरी,समाजसेवी बिनोद कुमारपाण्डे ,सिकन्दर सहनी, सुनैना चाैधरी लगायतले दशैकाे शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम मा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीले नवलपरासीकाे पत्रकारीता क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गरिनको लागि सधै साथ रहने छु भन्दै नवलपरासीकम पत्रकार हरुमा बिभिन्न किसिमकाे तालिम सन्चालन गरि दक्ष जनशक्ति उ त्पादन गरिनेसमेत प्रतिबद्धता ब्यक्त गरेका छन ।