आफू पार्नस्टार बन्ने भन्दै उत्तेजक हाउभाउ देखाउने अर्चना पनेरु पक्राउ परेकीछन् । मादकपदार्थ सेवन गरेर अश्लिल हर्कत गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताईएको छ ।मिडिया एनपी अनलाइनले यस बिषयमा समचार हालेको छ ।
पोर्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका हुन। आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेकी हुन् ।
सोमबार राति गोंगबुस्थित नयाँ बसपार्कबाट अर्चनासहित उनकी आमा सुनिता पनेरू पक्राउ परेका हुन् । गोंगबुस्थित मनवाकर बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरु पक्राउ परेको बताइन्छ ।




