झापाको दमकमा बिभिन्न क्षेत्रमा दखल राख्ने युवाहरुको प्रयासबाट खुलेको दृश्यम डिजिटल मिडियाले आफूहरु पूर्वलाइ आकाशबाट देखाउने ध्याउन्नेमा लागेका बताएको छ ।

बुधबार आफूले पहिलो कार्यक्रम अन्र्तगत गर्न लागेको फोटो प्रदर्शनीको बिषयमा जानकारी दिदै दृश्यमका कार्यकारी प्रमुख नबिन अधिकारीले आफूहरुले पूर्वलाइ चिनाउने र देखाउने उदेश्य रहेको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहरुले खिचेका ३५ देखि ४० वटा तस्विर राखेर आउदो असोज ६ देखि ८ गतेसम्म दमकको नमूना मार्गमा फोटो प्रर्दशनी गर्न लागेको पनि अधिकारीले जानकारी दिएकाछन् ।

फोटोग्राफि र भिडियोग्राफिमा आफूहरुले दमकमा रहेर नौलो केहि दिन सकिन्छ की भनेर लागि परेको जनाउदै पहिलो प्रयास स्वरुप हुन लागेको फोटो प्रदर्शनी दिउसो २ बजेपछि साँझसम्म चल्नेछ ।