दमकस्थित जीवनचक्र समाज नेपालले दुर्घटना न्युनिकरण संवन्धि उत्कृठ लेख लेख्ने दुइ विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधवार संस्थाद्वारा आयोजित कार्यक्रममा आस्था कलेज दमककी छात्रा झरना दाहाल र छात्र हिमाल वोहरालाई पुरस्कार गरेको हो ।

जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम ले सिनेमा टिकट हस्तान्तरण गरेका थिए । पुरस्कृत विजेता लाई पाथीभरा सिनेमा का तर्फवाट चैतन्य वरालले पुरस्कार हस्तान्तरण गरेका थिए ।

दुर्घटना न्युनिकरण संवन्धि उत्कृष्ट लेख रचना लेखे वापत पुरस्कृत दुवैलाइ पाथीभरा सिनेमा प्रा.लीले आगामी असौज ११ मा रिलिज हुने चलचित्र छक्कापञ्जा २ को २ वटा टिकट प्रायोजन गरेको छ ।



