दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत १७ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
कांग्रेसले ५ तहमा जित हासिल गरेको छ भने एमाले ४ तहमा विजयी भएको छ ।
त्यस्तै माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २/२ तहमा विजयी भएका छन् ।
एमाले ४ तहमा विजयी १. बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख २. सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख ३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष ४. मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष
माओवादी केन्द्र २ तहमा विजयी १. कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख २.अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी १. ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता, प्रमुख, हुसनी आरा खातुन, उपप्रमुख २. विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष,
संघीय समाजवादी फोरम २ तहमा विजयी १. विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष २. भगवानपुर गाउँपालिका, सिरहा– बेचनप्रसाद यादव, अध्यक्ष, सीतादेवी यादव, उपाध्यक्ष
राजपा २ तहमा विजयी १. हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख २. कौडेन गाउँपालिका, सर्लाही– रामप्रसाद राय यादव, अध्यक्ष










