एजेन्सी । चीनको जिआजिंगमा यस्तो एक घटना घट्यो जो अहिले चर्चाको बिषय बनेको छ । एक ट्याक्सी चालकका अनुसार १५ बर्षकी केटीलाई लिएर उनी हस्पिटल जाँदै थिए । घना जंगलको बिचमा ती केटी सु आयो भन्दै ट्याक्सी रोकेर जंगलतिर छिरिन् । १० मिनेटसम्म पनि ति केटी नफर्किएपछि ट्याक्सी चालक उनलाई खोज्न त्यसतर्फ गए ।
केटीलाई खोज्न गएक ट्याक्सी चलाक त्यतिबेला छक्क परे जब उनले त्यहाँ एक नवजात शिशु रोईरहेको सुने । ति केटीको हातमा र शरीरमा पनि रगत लतपत्तिएको थियो । ति केटीले यसबीचमै एक बच्चाको जन्म दिईसकेकी थिईन् । यस्तो देखे लगत्तै ट्याक्सी चालकले प्रहरीलाई खबर गरे ।
प्रहरीले उनलाई उद्वार गरी अस्पताल पुर्याए । अस्पतालका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था टीक रहेको छ । प्रहरीका अनुसार ती केटीले उक्त बच्चाको बाबु र परिवारको बारेमा केहि बताएकी छैनन् । प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ ।



