स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरीका एक जनप्रतिनिधिको सपथ लिन नपाउँदै निधन भएको छ ।

जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको बिहीबार बिहान निधन भएको हो । उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार बिहान विजयी भएकी उनको बिहीबार बिहान आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको हृदयघातबाट निधन भएको हो ।

निर्वाचित भएपछि गाउँमा खुशियाली साटासाट गर्दै आएकी उनको बिहीबार बिहान एक्कासी हृदयघात भएर निधन भएको स्थानीय अरुण यादवले जानकारी दिए । उनी २२५ मत ल्याएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनका एक छोरा र दुई छोरी छन् ।