काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा हुने निर्वाचनपछि बहुमतको सरकार बनाउने रणनीतिमा लागेको जनाएको छ । त्यसका लागि पार्टीका सबै निकायलाई परिचालन गर्ने तयारी नेकपा एमालेले गरेको छ ।

एमालेको शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि यसबारेमा छलफल हुने स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए ।

त्यसका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार पनि बसेको छ ।

“मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनपछि केन्द्रीय र प्रदेशसभामा एमालेको बहुमतसहितको सरकार बनाउन सिँगो पार्टी लाग्ने विषयमा छलफल भएको छ,” ज्ञवालीले भने ।

त्यसका लागि सिंगो पार्टी परिचालन हुने पनि उनले बताए । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन परिणामको पनि समीक्षा गरेको पनि उनले बताए ।

“मतगणना गर्दागर्दै कर्मचारी फेर्ने काम भएको छ,” उनले भने, “सुरक्षाकर्मी फेर्ने काम भएको छ । यसबारेमा पनि समीक्षा गरेका छौं । शुक्रबारदेखि हुने केन्द्रीय कमिटी बैठकमा आगामी दिनमा एमालेको भूमिकाका बारेमा पनि छलफल हुनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah