काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।
विहीबार साँझ उनले केही तस्बिरहरु फेसबुक मा सार्वजनिक गरेकी थिइन् । यो भन्दा अघि उनले यसरी सामाजिक सञ्जालमा यस्ता तस्विरहरु शेयर गरेकी थिइनन् ।
तस्बिरहरू पारस बैंकक बसेको समयको जस्ता लाग्छन् । विहीबार राति १०ः१४ मा पोस्ट गरेको तस्बिरहरु उनले अहिले हटाइसकेकी छन् ।
उनले फोटो हटाउनुको कारण जस्तै लाग्ने अर्को स्ट्याटस शुक्रबार विहान पोस्ट गर्दै उनले लेखेकी छिन् ‘विगतलाई पछाडि नै छाडौं र अगाडि बढौं । मित्रताको कुनै सीमा हुँदैन ।’
यसअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई सामाजिक सञ्जालबाट गाली गरेपछि पारस र कन्निकाबीच फेसबुकमै भनाभन चलेको थियो ।
यस्ता छन् हटाइएका तस्बिरहरु :



नेपाली पत्र बाट



