ओइ, नगरकोट जान्छेस् ?’ उसले साँझ पर्दैगर्दा फोन गर्यो ।

कोठामा एक्लो थिएँ । मन कता कता डुलीरहेथ्यो । राती बस्ने नै गरी हो?’ मैले सोधें ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अव तँसँग गएपछि के फर्काइ भयो र !’ उसले केहि अफ्ट्यारोसँग सुनायो !

‘हुन्छ म आएँ !’

त्यो रात उसले नगरकोट ‘लग्यो ! पढ्न भनेर काठमाडौँ आएकी मेरो लागी त्यो पहिलो नगरकोटको बसाइ थियो! ‘भर्खर पिउन थालेकी छेस, तँ वियर नै खा ! मचाहिं ‘हार्ड लिन्छु’ उसले च्यालेन्ज गर्यो !’

‘फुर्ती लाउँछस्? मैले रक्सी चाख्दा तैंले आमाको दुध चुस्न छोडेको थिइनस् होला !’ मेरो जवाफमा उसले ओठ टोक्यो, केहि बोलेन !

‘भनेपछि रात रंगीन हुने भो, होइन त ?’ मैले आँखाले इसारा गर्दै भनें ! ‘तैंले रक्सी चाख्दा म आमाकै दुध चुस्दै थिएँ ! आज दुवै कुराको कक्टेल लिनु छ !’ उसले बोल्दा म थोरै लजाएँ, थोरै डराएँ पनि !

पिउन यसरी थालियो कि हामी एकअर्कालाई’ च्यालेन्ज गरीरहेका थियौं’

म पूरै नशामा डुबेको थिएँ !

‘मेरा दुइ साथीहरु पनि आउंदैछन्, आफ्नो गर्लफ्रेन्ड लिएर’ उ नशाकै शुरमा बोल्यो !

‘सब बोकैबोकाको शहर हो है यो काठमान्डू ?’ मैले उत्तर फर्काएँ !

‘तँ जस्ता पाठीले मोहनी लाएपछि के गर्नु त ?’

विस्तारै नशाको शुरमा उसले मेरो जोवनसँग खेल्न थाल्यो ! म पनि जवानीको मज्जा लिंदै गएँ !’

एकछिन पछि आशहीय हुन थाल्यो, उठ्न खोजें, रुन खोजें, कराउन खोजें केहि, तर नशाले मलाइ पुरै शिथिल बनाइसकेको थियो !भोलि विहान उठ्दा फगत मेरो ज्यान एक्लै लडीरहेथ्यो विस्तारामा !

साइडमा एउटा कागज मलाइ खोजीरहेझैं गरी लडीरहेथ्यो !

‘यो हाम्रो अन्तिम भेट मान्नु ! म र मेरा अरु ३ जनालाई खोजी गरिस् भने, राम्रो हुँदैन । रूमको भाडा तिरिदिएको छु ! ५०० सिरानी

मुनि छ, काठमाडौँ फर्किनु र खाना पनि खानु !’

‘त्यो दिन म कसरी काठमाडौँ आएँ, म आफैंलाई थाहा छैन ! बाटोमा ठाउँ ठाउँमा झरेर त्यहीं प्राण त्यागौंझैँ पनि भएको थियो ! तर

झल्झल्ती आमाको अनुहार र भाइ अगाडी आएर प्राण त्याग्न सकिन !’ मैले माया गरेको मान्छे थियो उ, तर मलाइ साथीहरुको समेत सिकार बनायो !’

उसले रुझेका आँखाहरु झन् रसिला बनाएर भनी, ”साने, प्लीज आज मलाइ त्यहीं लैजाउ जहाँ म लुटिएको थिएँ ! त्यहि ठाउँमा बसेर त्यो पापीकाबारे सबै भन्न मन छ !

सबै सिध्याएर त्यहि बाटो नयाँ जीवन लिएर फर्कन मन छ ! उसले ‘खुवाएको त्यहि ब्राण्डको हार्ड ड्रिंक्सको बोटल फुटाएर त्यहि सिरानीमा ५०० रुपैयाँ छोडेर आउन मन छ ! प्लीज मलाइ नगरकोट लैजाउ…