दशै नजिकि सकेको छ । अहिले भोजभतेर र पार्टीहरु शुरु भएका सकेकाछन् । संघसंस्थाहरुले भड्किलो रुपमा दशैको अवसरमा खानपीनको ब्यवस्था गर्न थालिसकेकाछन् ।
तर रोटरी क्लव अफ दमकले मोरंगको उर्लाबारीमा रहेको बाल गृहमा गएर बालबालिकालाइ भोजन गराउदै दशैको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेकाछन् ।
बालबालिकाहरुको साथमा रहेर सामुहिक भोजनका साथै यहाँ रहेका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको थियो । रोटरी क्लव अफ दमकका अध्यक्ष गंगाप्रसाद काफ्लेले त्यहाँबा बालबालिकाहरुलाइ एकदिन भए पनि खुसि र मिठोमसिनो ख्वाउने उदेश्यले त्यहाँ कार्यक्रम गरिएको हो । आफूहरुले अन्य सहयोग समेत गर्दै जाने उनले बताए ।
क्लवका नोमिनी अध्यक्ष सन्दिप चापागाइका अनुसार बालगृहमा रहेका बालबालिकाहरुलाइ आफूहरुको क्लवले गर्न सक्ने सहयोगल भबिष्यमा पर्ने बताउदै यो पहिलो कदम भएको बताए ।
उनले बालगृहमा रहेका बालबालिकाहरु रमाएको देख्दा आफूहरुले ठूलो आनन्द लागेको बताउदै यस प्रकारको कार्यक्रमलाइ निरन्तरता दिने जनाए । कार्यक्रममा रोटरी क्लव अफ दमकका अधिकाँश सदस्यहरु सहभागि रहेका थिए ।
https://www.facebook.com/ganga.p.kafle/videos/1533131163437246/



