बिष्णुप्रसाद पोखरेल

दमक/झापा दमक ५ का युवा राजु गौतमले पहिलो पटक पाइडल कार बनाएकाछन् । ६ महिनाको मिहिनेतले यो पाइडल कार बनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाइडल कार बनाउनका लागि करिब ३६ हजार खर्च भएको बताइएको छ । कारमा अधिकाँश साइकलमा प्रयोग हुने सामाग्रिहरुको प्रयोग भएको छ ।

पाइडल मारेर कुदाउने यो कारमा नै उनि हिड्ने गरेकाछन् । डाइनामो जोडेर, सोलार या ब्याट्रिबाट समेत कुदाउन सक्ने गरी उनले यस्तो कार बनाएकाहुन् ।केहि नयाँ काम गर्नेm सोच पलाएको र कम खर्चमा गर्न सक्ने काम यहि देखेर आफूले पाइडल बार बनाएको उनले जनाए ।

https://www.youtube.com/watch?v=x8Nghk100e8&feature=youtu.be

यो बनाएपछि यस प्रकारको कार बनाउनका लागि आफूलाइ नयाँ योजनाहरु समेत आएको बताउदै आर्थिक अभाव रहेकाले थप काम गर्न नसकिरहेको उनले बताएकाछन् ।

पानीबाट बच्न सकिनेमात्र नभएर यो आरामदायी भएको उनको दाबी रहेको छ । अगाडि पछाडिनै ग्यार समेत जोडिएको छ । हरन समेत जोडिएको छ । यो कारको बिषयमा हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=x8Nghk100e8&feature=youtu.be