दमक नगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट सबैभन्दा पहिला मेयरका घोषणा गरेका भूमिराज राइले प्रदेश साँसदको टिकटका लागि समेत दाबी गर्ने भएकाछन् ।
उनले आफू पनि प्रदेश साँसदको उम्मेदवार रहेको बताएकाहुन् । काँग्रेसको तर्फबाट आफूले दमक र लखनपुर मिसिएर बनेको प्रदेशको क्षेत्रबाट आफू उम्मेदवार बन्ने उनले बताए ।
राइ तरुण दल झापाका पूर्व अध्यक्ष समेत हुन । दमक उद्योग बाणिज्य संघको अध्यक्षमा समेत उनको चर्चा रहेको थियो । उनले समेत उम्मेदवार बन्ने इच्छा राखेपनि पाएका थिएनन् ।
त्यसपछि स्थानीय तहको निर्वाचनमा पनि उनले मेयरमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । उनले त्यहाँ पनि टिकट पाएका थिएनन् ।
अब भने आफूले टिकट पाउने राइले सवाल नेपाललाइ बताए । उनले आफ्नो उम्मेदवारी पक्का रहेको दाबी गरे । आफूलाइ सधै पछि पार्ने गरेको बताउदै यो पटक भने अब आफूमाथि न्याय हुने बिश्वास लिएको उनले जनाए । आफू हरेक दृष्टिकोणबाट उपयुक्त र यहाँ जित्ने उम्मेदवार भएको उनको भनाइ थियो ।



