भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनसँग पराजित भएको नेकपा एमाले चितवनले जिल्ला समन्वय समिति (जिसस) का लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

भरतपुर प्रकरणको बदला जिससबाट लिन एमाले चितवनले जिल्ला समन्वय समितिको प्रमुखमा कृष्णकुमार डल्लाकोटी र उपप्रमुखमा मुना श्रेष्ठलाई अघि सारेको हो । डल्लाकोटी खैरहनी नगरपालिका १ बाट विजयी प्रतिनिधि हुन भने श्रेष्ठ भरतपुर महानगरपालिका ५ बाट विजयी महिला सदस्य हुन् ।

जिसस चितवनको जिल्लासभा ९ गते हुँदैछ । सभाबाटै चुनावको मिति तोकिने छ । र, जिसस कति सदस्यीय बनाउने भन्ने निर्णय पनि हुनेछ । जिससका लागि चितवनमा एमालेसँग स्पष्ट बहुमत रहेको छ ।

एमाले नेता कार्यकर्ताले जिससमा कांग्रेस–माओवादी गठबन्धनलाई हराएर भरतपुरमा आफ्नो पार्टीमाथि भएको अन्यायको बदला लिने बताइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार चितवनका ७ स्थानीय तहमध्ये ४ वटामा मेयर, उपमेयर जितेको एमालेको जिल्लासभामा स्पष्ट बहुमत छ । एमालेका ९ सदस्य छन् भने कांग्रेसको ३ र माओवादीको २ मात्रै छ ।

यसअघि एमालेले कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै भरतपुरको कार्यपालिका बोर्डमा बहुमत ल्याएको थियो । यद्यपी यहाँको मेयरमा भने कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah