Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????

यसरी बन्ने फेरी प्रधानमन्त्री केपी ओली

सवाल नेपाल
सवाल नेपालसंवाददाताआइतबार, ७ असोज २०७४
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
यसरी बन्ने फेरी प्रधानमन्त्री केपी ओली
यसरी बन्ने फेरी प्रधानमन्त्री केपी ओली
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

काठमाडौं, ८ असोज– एमाले केन्द्रीय सदस्यहरुले वर्तमान सत्ता गठबन्धनले एमालेलाई सिध्याउन विदेशीको योजना अनुरुप ‘खण्डे चुनाव’ नीति लिएर घेराबन्दी गरेको भन्दै पार्टी नेतृत्वलाई सचेत गराएका छन् । पार्टी केन्द्रीय कार्यालयमा चालु केन्द्रीय कमिटीको बैठकको समुह छलफलमा बोल्दै केन्द्रीय सदस्यहरुले एमालेलाई घेराबन्दीमा पार्न नै अन्य प्रदेशको चुनाव सकी २ नम्बर प्रदेशको स्थानीय चुनाव ६ महिनापछि सारिएको घटनाबाट सिक्न सुझाव दिएका हुन् ।

‘सिंगो देशमा एकै पटक चुनाव भएको भए एमाले विरुद्ध २ नम्बर प्रदेशमा कांग्रेस माओवादीले भ्रम छर्दा अन्य प्रदेशमा उनीहरुलाई नोक्सान हुन्थ्यो, त्यसैका लागि देखिने र नदेखिने शक्ति मिलेर प्रदेश २ को चुनाव सारिएको थियो’ बैठकमा नेताहरुले भने, ‘बाह्य शक्तिले एमालेलाई घेराबन्दीमा पार्नपर्छ जित्न दिनु हुँदैन, त्यसका लागि कांग्रेस–माओवादी गठबन्धन बलियो बनाउनु पर्छ भनेर योजना बनाइरहेको तथ्य बाहिर निस्केको छ । निर्वाचन आयोगले स्वतन्त्र भूमिका निर्वाह गर्न सकेको छैन, यस्तो बेला नेतृत्व गम्भीर हुनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनावपछि बन्ने सरकारको प्रधानमन्त्रीमा उम्मेदवार घोषणा गरी मतदातासमक्ष मत माग्न जानु पर्ने वताएका थिए । ‘पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर मतदातासमक्ष जानुपर्छ, राष्ट्रिय स्वाधीनता, समृद्धि, लोकतान्त्रिक आचरण र सुशासनको विषयमा पार्टीले अगाडि सारेका मान्यतालाई अनुमोदन गराउनुपर्छ’ बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरुले भनेका छन् ।

कांग्रेस–माओवादी गठबन्धन राष्ट्रको हित विरोधी, सुशासन विरोधी र लोकतान्त्रिक आचरणलाई भत्काउन उद्यत रहेको वताउँदै यो कायम रहे मुलुकले दुःख झेल्न वाध्य हुनु पर्ने नेताहरुले औंल्याएका छन् । भारतीय पक्षले कांग्रेस–माओवादीको दीर्घकालीन गठबन्धन बनाएर नेपालको राजनीतिमा आफ्नो अभिष्ट पूरा गरिने खुलेआम घोषणा गरिरहेका बेला एमाले नेताहरुले हानीकारक उद्धेश्यको गठबन्धन भत्काउनु पर्ने राय प्रस्तुत गरेका हुन् ।

शुक्रवार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि ७ प्रदेश र एक गैरभौगोलिक प्रदेश गरी ८ समूहमा छलफल भइरहेको छ । सबैजसो समुहमा बोल्ने सदस्यहरुले राष्ट्रलाई सही मार्गमा ल्याउन बाह्य शक्तिद्वारा निर्मित गठबन्धनलाई पराजित गर्नु पर्ने राय प्रस्तुत गरेका हुन् । समूहगत छलफलपछि प्रदेश नम्बर १ बाट शिवमाया तुम्बाहाम्फे, २ बाट सत्यनारायण मण्डल, ३ बाट कांशीनाथ अधिकारी, ४ बाट गणेश तिमल्सिना, ५ बाट दलबहादुर राना मगर, ६ बाट यमलाल कँडेल, ७ बाट भीम रावल र गैरभौगोलिक क्षेत्रबाट महेन्द्रबहादुर पाण्डेले समुह निश्कर्ष प्रस्तुत गर्नुभएको छ ।

यो समाचार शेयर गर्नुहोस्:

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।