नेपाल स्वतन्त्र यातायात मजदुर संगठन दमक ईकाई कमिटीले बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । अटो ट्याम्पो इ –रिक्साको संयुक्त आयोजनामा आईतबार भएको दशै तिहार तथा छैठ पर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सो अवसरमा पत्रकार गोपाल झापालीलाई संगठनद्धारा स्थापित लक्ष्मण खड्का पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिनुका साथै सम्मान गरिएको थियो ।

कार्यक्रममा संगठनको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राई, केन्द्रीय समितिमा निर्वाचित हुनेहरु देवी भट्टराई, सुमित्रा विमली ढंगानालाई बधाईसहित सम्मान गरियो । त्यसैगरी दमक ३ बाट वडाध्यक्षमा निर्वाचित यातायात व्यवसायी नविन बराल, एमाले झापा ७ का क्षेत्रीय ईञ्चार्ज होमबहादुर थापालाई पनि सम्मान गरिएको थियो ।

ईकाइका संस्थापक संयोजक टिकाराम भण्डारी र काँकरभिट्टा इकाई अध्यक्ष खडानन्द भण्डारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गिरी, ट्राफिक प्रहरी प्रमुख उत्तम भण्डारी, जिफन्ट प्रदेश सदस्य शान्तीराम गौतमलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु संगै नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष बोधप्रसाद घिमिरेले पनि बोलेका थिए । संगठनका इकाई अध्यक्ष मदन खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रघुनाथ सिग्देलले गरेका थिए भने कोषाध्यक्ष पदम दाहालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah