काठमाडौं । रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ ।  स्थानीय तहको निर्वाचनमा रौतहट परोहा नगरपालिका वडा नम्बर २ का वडाध्यक्षका प्रत्यासी कांग्रेस नेता शेराजुदिनका छोरा शेख अब्बु सोहेबको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आगनमा सुतिरहेको बेला बिहान ४ बजे उनलाई गोली हानिएको थियो । उपचारका लागि गौर ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएका छन् । उनको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त वडामा माओवादी केन्द्रले जित हासिल गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार बिहान घरमा सुतिरहेका सोहेबलाई गोली हानीएको थियो ।

न्यौपानेले घरको आगनमा ७ जना सुतिरहेको भए पनि सोहेबलाई मात्रै गोली हानिएको पाइएको बताए ।

चुनावको रिसिइबी हुन सक्ने प्रहरीले आशंका गरेको छ ।