एपीवान टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्ताको विषयलाई लिएर टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री र पूर्व महानियाधिवक्ता डा.युवराज संग्रौलालाई कारबाही माग गर्दै प्रेस काउन्सिलमा उजुरी परेकोे छ ।

आईतबार नेपाल बौद्ध महासंघले अन्तर्वार्ताकार यात्री तथा अन्तर्वार्तादाता डा. संग्रौला दुबैलाई हदैसम्मको कारबाही माग गर्दै काउन्सिलमा उजुरी गरेको हो ।

केही दिन अगाडि टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’मा निम्त्यायिएका अतिथि संग्रौला र अन्तर्वार्ताकार यात्रीबीच नेपालमा बढेको गुम्बामा लगानीमा विषयमा कुराकानी भएको थियो । उक्त अन्तर्वार्तामा सुरक्षा निकायको आडैमा संवेदनशील खालका बौद्ध गुम्बाहरु बनेको र त्यहाँ सर्वसाधरणलाई पहुँच नभएको तथा सुरक्षा संवेदनशीलता बढाउने खालका अवाञ्छित गतिविधि भएको महानियधिवक्ता युवराज संग्रौलालाले तर्क गरेका थिए ।

उक्त विषयमा यात्रीले संग्रौलााबाट पुष्टीका आधारहरु खोजेका थिए । उक्त अन्तर्वार्ता सामाजिक सद्भाव बिथोल्ने तथा राष्ट्रिय एकतामा खलल पु-याउने उद्येश्यले प्रशारण गरिएको बौद्ध महासंघको दाबी छ । धार्मिक सहिष्णुता बिथोल्न खोजेको र बौद्ध धर्ममाथि नै मानमर्दन गरिएको भन्दै महासंघले पत्रकार टीकाराम यात्री र पूर्वमहानियधिवक्ता डा. संग्रौलामाथि हदैसम्मको कारबाही गर्न काउन्सिल समक्ष माग गरेको छ । महासंघले उक्त अन्तर्वार्ता पत्रकार आचार संहिता विपरित भएको जिकिर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah