मोबाइल फोन र भाइबरबाट लाखौंको चिठा परेको लोभ देखाएर ठगी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको मोवाइल र भाइबरमा सन्देश पठाएर ५० लाख रुपैयाको चिठा परेको भन्दै लोभ देखाएर टयाक्स तिराउने बहानामा आइएमई मार्फत पैसा पठाउन लगाएर ठगी गर्ने पाँच जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न समयमा पक्राउ गरि आइतबार सार्वजनिक गरिएका ठगी गर्ने गिरोहका सदस्यहरुमा विराटनगर १५का १९ वर्षीय भोला ठाकुर, २१ वर्षीय बिशालकुमार रोय २३ वर्षीय अजय मण्डल, विराटनगर १७ का २० वर्षीय बसन्तकुमार पासवान र भारत जोगबनी ५ का ३० वर्षीय राजेशकुमार राम छन । प्रहरीका अनुसार उनीहरुले धादिङ थाक्रे गापा ११ का विकाश भुजेललाई ५० लाखको चिठा परेको बताएर पटकपटक गरेर टयाक्सको बहानामा ११ लाख २५ हजार रुपैया ठगी गरेका थिए ।

उनीहरुले नेपाल– भारत सिमा नाकामा रहेको विराटनगर १५ स्थित गौरब बचत तथा ऋण सहकारीमा रहेको आइएमईमा टयाक्सको बहानामा रकम पठाउन लगाएर ठगी गरेका थिए । पटकपटक टयाक्सको रकम पठाईसकेपछि पनि चिठाको ५० लाख रकम आफुले प्राप्त नगरेपछि धादिङका बिकास भुजेलले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि धादिङ प्रहरीकै आग्रहमा मोरङ प्रहरीले अनुसन्धान गरि ठगी गर्ने गिरोहका सवै सदस्यहरुलाई पक्राउ गरेको एसपी अरुण बिसीले बताए । नयाँ पत्रीका बाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah