असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी केन्द्रीय संसदको निर्वाचनमा चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भरतपुर महानगरपालिकामा मेयरमा पराजित देवी ज्ञवालीलाई उठाउनेबारे छलफल गरिरहेको खुलासा भएको छ ।

ज्ञवाली प्रचण्ड पुत्री रेणुसँग मेयरमा पराजित भएका थिए । काँग्रेस–माओवादीबीच तालमेल भएको भरतपुरको १९ नम्बर वडामा मतपत्र च्यातिएपछि पुनः निर्वाचन भएको थियो । पुनः निर्वाचनमा रेणुसँग देवी पराजित भएका थिए । एमालेले नियोजित र षड्यन्त्रपूर्ण रुपमा देवीलाई हराइएको आरोप लगाउँदै आएको छ । एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी ओली देवीलाई चितवन–३ बाट सांसदमा उम्मेदवारी दिनुपर्ने पक्षमा देखिएका छन् ।

प्रचण्डले सोही क्षेत्रबाट आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले ज्ञवालीलाई उम्मेदवार बनाउनेबारे जिल्लादेखि केन्द्रसम्म छलफल चलेको स्वीकार गरे । यद्यपि पोखरेलले स्थानीय तह निर्वाचनकै बेला एकपटक निर्वाचनमा उम्मेदवार भइसकेका व्यक्तिलाई तत्काल अर्को निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय र सर्कुलर भएकाले देवीको सम्भावना कम रहेको बताए ।

तर, ज्ञवालीप्रति पक्षमा पार्टीभित्र र बाहिरसमेत सहानुभूति रहेको उनले जनाए । ‘देवी ज्ञवालीजीप्रति सबैको सहनुभूति छ, पार्टीमा पनि जिल्लादेखि केन्द्रसम्म उहाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत राख्ने साथीहरु हुनुहुन्छ’, पोखरेलले काठमाण्डुटुडेसँग भने, ‘तर केन्द्रीय समितिले दोहो¥याएर उम्मेदवार नबनाउने सर्कुलर गरेको छ ।’ पोखरेलले उक्त सर्कुलर देवीका हकमा नलाग्ने निर्णय केन्द्रबाट भएको अवस्थामा उनी पुनः उम्मेदवार बन्न सक्ने सम्भावना नकार्न नसकिने स्पष्ट गरे ।

‘कुनै एक जनालाई मात्र दिँदा देशभर त्यस्तै दाबी गर्नेहरु अरु पनि हुन सक्छन्’, पोखरेलले भने, ‘केन्द्रले देवीका हकमा त्यो नीति लागू नहुने निर्णय गरेको अवस्थामा हाम्रो उम्मेदवार उहाँ नै हो ।’ नयाँ बाटो बाट सभार

असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी केन्द्रीय संसदको निर्वाचनमा चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भरतपुर महानगरपालिकामा मेयरमा पराजित देवी ज्ञवालीलाई उठाउनेबारे छलफल गरिरहेको खुलासा भएको छ ।

ज्ञवाली प्रचण्ड पुत्री रेणुसँग मेयरमा पराजित भएका थिए । काँग्रेस–माओवादीबीच तालमेल भएको भरतपुरको १९ नम्बर वडामा मतपत्र च्यातिएपछि पुनः निर्वाचन भएको थियो । पुनः निर्वाचनमा रेणुसँग देवी पराजित भएका थिए । एमालेले नियोजित र षड्यन्त्रपूर्ण रुपमा देवीलाई हराइएको आरोप लगाउँदै आएको छ । एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी ओली देवीलाई चितवन–३ बाट सांसदमा उम्मेदवारी दिनुपर्ने पक्षमा देखिएका छन् ।

प्रचण्डले सोही क्षेत्रबाट आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले ज्ञवालीलाई उम्मेदवार बनाउनेबारे जिल्लादेखि केन्द्रसम्म छलफल चलेको स्वीकार गरे । यद्यपि पोखरेलले स्थानीय तह निर्वाचनकै बेला एकपटक निर्वाचनमा उम्मेदवार भइसकेका व्यक्तिलाई तत्काल अर्को निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय र सर्कुलर भएकाले देवीको सम्भावना कम रहेको बताए ।

तर, ज्ञवालीप्रति पक्षमा पार्टीभित्र र बाहिरसमेत सहानुभूति रहेको उनले जनाए । ‘देवी ज्ञवालीजीप्रति सबैको सहनुभूति छ, पार्टीमा पनि जिल्लादेखि केन्द्रसम्म उहाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत राख्ने साथीहरु हुनुहुन्छ’, पोखरेलले काठमाण्डुटुडेसँग भने, ‘तर केन्द्रीय समितिले दोहो¥याएर उम्मेदवार नबनाउने सर्कुलर गरेको छ ।’ पोखरेलले उक्त सर्कुलर देवीका हकमा नलाग्ने निर्णय केन्द्रबाट भएको अवस्थामा उनी पुनः उम्मेदवार बन्न सक्ने सम्भावना नकार्न नसकिने स्पष्ट गरे ।

‘कुनै एक जनालाई मात्र दिँदा देशभर त्यस्तै दाबी गर्नेहरु अरु पनि हुन सक्छन्’, पोखरेलले भने, ‘केन्द्रले देवीका हकमा त्यो नीति लागू नहुने निर्णय गरेको अवस्थामा हाम्रो उम्मेदवार उहाँ नै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah