काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको उपलक्ष्यमा देशभित्र र देश बाहिर बस्ने  सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सूख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र समृद्धिको दिशामा अघि बढ्न सक्ने बताएका छन् ।
तर देश शान्त, सूस्थिर र सम्मानित भएको हेर्ने सबैको चाहना भएपनि पुरा हून नसकेकोमा  आफूलाई दुख लागेको ज्ञानेन्द्रको विज्ञप्तिमा उल्लेख छ  ।  उनको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दूई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सून्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हूंदैं आएको अनूभव, नेपाली जनतामा हूनू सूखद विषय हुँदै  होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गूम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना हामीले गरिरहनू परेको छ ।’

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएको भन्दै  उनले  दलहरुको पनि कडा आलोचना गरेका छन् ।

‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं’, पूर्वराजाले  भनेका छन्, ‘ राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ ।’

उनले दुरगामी महत्वका राष्ट्रिय मूद्धाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पू¥याउँछ ? भन्ने प्रश्न गर्दै अगाडि भनेका छन्, ‘ पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनूभुति हामीले गरेका छौं । ’ रातो पाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah