असोज १२ । झापा कमल गाउँपालिका १ स्थित श्री बासबारी आधारभुत विद्यालयले आफ्ना भुतपुर्व विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पुर्व विद्यार्थी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नवनिर्वाचीत केन्द्रिय अध्यक्ष रन्जित तामाङ, कमल गाउँपालिका १ का वडा अध्यक्ष केदार कटुवाल र कमल गाउँपालिका १ का वडा सदस्य पुर्व शिक्षक कमल प्रसाद दुलाल रहेका छन् ।

जसले पहिलो अक्षर क, ख यहीँबाट सिकेको हुन् । उनीहरुलाई विद्यालयका तर्फबाट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बुढाथोकीले दोसल्ला ओढाएर तथा कदर पत्रले प्रदान गरि सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रम बिरभद्र पोखरेलको प्रमुख आतिथ्यतामा तथा समितिका अध्यक्ष महेन्द्र बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो । आफ्नो विद्यालयको नाम उच्च राखेको भन्दै नेतृत्व तहमा पुगेका उनीहरुलाई थप हौसला प्रदान गर्न विद्यालयले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले प्रबिधिले एकलौटी राज गरेको यो समयमा प्रबिधिको बिकासबाट मात्रै देश बिकास सम्भव रहेको भन्दै यस बिद्यालयमा प्राबिधिक विषयहरु पढाउन व्यवस्था गर्न आफू पहल गर्ने बताउनुभयो । त्यस्तै विद्यालयका प्रअ केशरबहादुर श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि सबैभन्दा पहिले भौतिक पुर्वधार आवश्यक पर्ने भन्दै पुवधार बिकासका लागि पहल गर्नसमेत स्थानीय जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो ।
यसबीच कमल गाउँपालिका १ वडा अध्यक्ष केदार कटुवालले आफुले समग्र वडाका विद्यालाय हरुको गुणस्तर अभिवृद्धि गर्दै लैजान र अझ बासबारी विद्यालयलाई प्राथमिकमा राख्ने बताउनुभयो ।



