आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार छनौट प्रक्रियामा वडाबाट सिफारिस भई आएको नाम कटाएर अर्कैको नाम पठाइए पछि नेपाली काँग्रेस क्षेत्र नम्बर–१ मा असन्तुष्टि चुलिएको छ ।

झापाको क्षेत्र नम्बर–१ अन्तर्गत मेचीनगर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद नरेन्द विक्रम नेम्वाङ्ग, सांसद उषा गुरुङ्ग, जिल्ला उपसभापति राम कट्टेल, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेलगायतका नेतृत्वहरुको बसोबास रहेको क्षेत्र हो ।

यस्तो क्षेत्रमा वडा कमिटीले निर्णय गरेर सिफारिस गरेको नाममा हेराफेरी गरी प्रत्यक्ष र समानुपातिक तर्फको नाम सिफारिस गरिएकोमा असन्तुष्टि चुलिएको हो । साझा मञ्च अनलाइन समचार लेखेको छ ।

नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङको नाम प्रदेश सभाको समानुपातिकमा लगभग पहिलो नम्बरमा पर्ने गरी पार्टीको मापदण्डअनुसार वडाबाट सिफारिस भइआए पनि अगुवाहरुले किर्ते गरी अरुहरुको नाम पठाएकोमा उनले असन्तुष्टि पोखेका हुन् । आफ्नो फेसबुक पेजमा वडाको माइन्युट र माथिल्लो कमिटीलाई पठाइएको सिफरिस पत्रको प्रतिलिपि पोष्ट गर्दै उनले ‘किर्तेको पराकाष्टा’ उल्लेख गरेका छन् ।

नेपाली काँगे्रसको मेचीनगर वडा नम्बर–६ को माइन्यूटमा प्रदेशसभाको समानुपातिक तर्फमा तामाङ्गको नाम एक नम्बरमा रहेको छ । तर वडाबाट नाम पठाउने क्रममा उनको नाम तीन नम्बरमा झारेको हुँदा उनी आक्रोशित भएका हुन् । ‘पार्टीले उम्मेदवार चयन गर्न गाउँ नगरबाट सिफारिस भइआएको नामलाई आधार बनाउने मापदण्ड बनाएको थियो’ तरुण सभापति तामाङले भने, ‘तर, यहाँ त उक्त प्रावधान विपरित पार्टी नेतृत्वले किर्ते गरी तेस्रो नम्बरमा परेको नामलाई पहिलोमा सिफारिस पठाइयो । यो भन्दा गलत हर्कत र किर्ते के हुनसक्छ ?’

आफूले नाम सिफारिसमा धाँधली गरिएको बारे नगर सभापति इन्द्र बुढाथोकी, क्षेत्रीय सभापति मणि उप्रेती र केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई सप्रमाण ध्यानाकर्षण गराइसकेको भन्दै तामाङले जनअभिमतलाई बङ्ग्याउन खोज्नेहरु कुनै पनि बेला र सन्दर्भमा कोपभाजनमा पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah