बाबुको हत्या गर्ने एउटी क्रुर छोरी, आमा र दाई जोगिए
काठमाडौं । दुई बर्ष अगाडी काठमाडौको टोखा साङलेखोलानजिकै बगरमा एक वेवारिसे शव फेला पर्र्यो । त्यही क्षेत्रमा हराइरहेका माइला महर्जनका परिवारलाई शव पहिचानका लागि बोलाउदा वेवारिसे शव उनकै भएको पहिचान भयो । २१ माघमा २०७२ मा ४३ वर्षीय माइला महर्जनको शव भेटिएको थियो । कोही कसैसँग रिसइबीका कारण उनको हत्या भएको हुनसक्ने अनुमानसहित महानगरीय प्रहरी अपराध अनुसन्धान र प्रहरी वृत्त महाराजगन्जले थाल्यो । उनी हराएको अघिल्लो दिन उनकी छोरी संगीताले घर बनाउने विषयमा छलफल गर्न भनेर बुबालाई बोलाएको पत्ता लागेपछि प्रहरीले उनकै छोरीबाट अनुसन्धान सुरु गरेको थियो ।
बाबुको हत्यापछि आमा र दाजुको पनि हत्या गरी सबै सम्पत्ति आफ्नो बनाउने योजना उनको थियो । तर आमा र दाजुको हत्या गर्न भने भाडाका हत्यारा डराएका थिए ।
उमेरले २० बर्ष मात्रै पुगेकी संगीताले नै बाबु हत्या गरेको खुल्यो । माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । सम्पत्तिका लागि आफ्नै बाबुको समेत हत्या गर्ने क्रुर छोरीले बाबुको हत्या गर्दा कुनै पश्चाताप नलागेको प्रहरीलाई बयान दिएपछि तत्कालिन समयमा अनुसन्धान गर्ने प्रहरी अधिकृतहरुसमेत अचम्मित भएका थिए । भाडाका गुण्डाहरु प्रयोग गरी हत्या गर्ने योजना उनको पहिल्यैदेखि भएपनि बाबु घरमा नहुन कहिले सन्दर्भ नमिल्ने जस्ता कारणले रोकिएको थियो
बाबुको हत्या गरेकामा पछुतो छैन
प्रहरीले अनुसन्धान गर्दे जादा संगीताले बाबु हत्या गरेकोमा कुनै पश्चताप नभएको बयान दिइन । सो हत्याको विषयमा अनुसन्धान गरेका तत्कालिन प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रेग्मीले संगीता पाण्डे निर्मम युवती भएको बताए । बाबुको हत्या गरेर पश्चताप नमान्ने अपराधी अहिलेसम्म भेटिएको थिएन, दाईजो नपाइको झोकमा आफ्नौ बुबाको हत्या गर्ने कोही युवति फेला परेकै छैनन’, उनले भने ।
प्रहरीले अनुसन्धान गर्दा संगीताले २० माघ २०७२ मा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो । तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन । सो हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । बाबुको हत्यापछि आमा र दाजुको पनि हत्या गरी सबै सम्पत्ति आफ्नो बनाउने योजना उनको थियो । तर आमा र दाजुको हत्या गर्न भने भाडाका हत्यारा डराएका थिए ।
संगीताको प्रेम विवाह
उमेर १८ बर्ष पुगेकै बेला संगीता र नुवाकोटे ठिटो सन्तोष पाण्डेवीच प्रेम सम्बन्ध बस्यो । त्यो सम्बन्ध अन्नत विवहामा परिणत भएपछि दुवैले घरपरिवारको सहमति लिन जरुरी ठानेनन । दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम–बिहे गरेपछि परिवारलाई दाइजो चाहियो भन्दै धम्क्याउदै आएकी थिइन् । परिवारको सहमति विनै विवहा गरेकाले तत्कालै दाइजो नदिने बताएका थिए ।
उमेर पनि सानै भएको र विवाहपनि परिवारको सहमति विना भएकाले उनलाई बाबु आमाले तत्कालै दाइजोमा सहमति जनाएका थिएनन । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्ने योजना बनाएकी थिइन । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले यस्तो क्रुर हत्या योजना बनाएकी थिइन ।
माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् ।
हत्या गर्नेलाई २० लाखको सुपारी
छोरालाई मात्रै सम्पत्ति मलाईचाहि नदिने भन्दै सोही रिसमा उनले बाबुलाई घरबाट बोलाएर हत्याराका सामू पुर्याइदिएकी दिइन । बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन । बानियाँटार बस्ने विक्रम तामाङले हत्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो । तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन् । तामाङले हत्यका लागि आफना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए । उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ । तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो । हत्यापछि जग्गा बेच्ने र सोबाट आएको पैसाचाहि हत्या गर्नेहरुलाई दिने गरी शुरुमा एक पैसा पनि नदिइ बाबुको हत्या गर्न लगाएकी थिइन ।
संगीताले नुवाकोटका सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन । पाण्डेको आर्थिक अवस्था निकै कमजोर थियो सन्तोषको उमेर पनि २० बर्ष मात्रै पुगेको थियो दुवै जनाको उमेर समूहपनि एकै थियो । त्यसकारण पनि सो विवहाबारे परिवारको सहमति थिएन । तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आइन ।
व्यूटिसियन सम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन् । पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन । पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन । उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफनो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन । त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए ।
हत्यापछि को को पक्राउ परे
टोखा नगरपालिका–११ धमलटार बस्ने ४३ बर्षीय माइला महर्जनको हत्या गर्ने उनकै छोरी सहित ७ जनालाई प्रहरीले पक्राउ गरर्यो । त्यतिबेला पक्राउ पर्नेहरुमा मृतक महर्जनको २० बर्षीया छोरी संगीता पाण्डे(महर्जन), ज्वाई धमलटार बस्ने नुवाकोट सुन्दरादेवी–६ घर भएका २० बर्षीय सन्तोष पाण्डे, बानियाटार बस्ने धादिङ थाक्रे–३ का १९ बर्षीय बिक्रम तामाङ, किर्तिपुर चागल बस्ने मकवानपुर हाडीखोला–१ का १९ बर्षीय सुर्य राना मगर, कर्तिपुर बस्ने भोजपुर सामपाङ–३ का १९ बर्षीय धन कुमार तामाङ, बानियाटार बस्ने काभ्रे सिसाखानी–५ का १९ बर्षीय हरि तामाङ र बानियाटार बस्ने धादिङ मैदी–८ का १९ बर्षीय सन्तोष थापा मगर रहेका छन् ।
स्टार टाउनमा घाँटी, टाँउको, निधार, हात तथा छातीहरुमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा माईला महर्जनको शव फेला परेको थियो । माइतीघरको सम्पत्ती आफनो बनाउने संगिता महर्जन(पाण्डे) को योजनामा सन्तोष पाण्डे सहितले महर्जनको हत्या गरेका हुन । हाल उनीहरु सबै कर्तव्य ज्यान मुद्धा अन्र्तगत केन्द्रीय कारागारमा छन् ।नयाँ बाटो बाट सभार



