जनयुद्धमा होमिएदेखि टीका जमरा लगाएर औपचारिक रुपमा दशैं मनाउन छाड्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसपटक भने बडा दशैंको टीका लगाउनु भएको छ ।

श्रीमती सीता दाहाल, छोरा प्रकाश दाहाल र छोरी रेणु दाहालसहित परिवारको साथ टीका लगाएको तस्बिर छोरा प्रकाशले फेसबुकमा राख्नु भएको हो ।





