काठमाडौं, असोज १५ । स्थानीय तहको निर्वाचन सकिएसँगै दलहरु अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरुले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ ।

यही समयसिमालाई मध्यनजर गर्दै दलहरु उम्मेद्वार चयनमा होमिएका छन् ।

स्थानीय तहको निर्वाचन सकिए लगत्तै दलहरुले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिएका छन् ।

असोज मसान्तभित्र दलहरुले निर्वाचन आयोगलाई उम्मेद्वारको सुची बुझाईसक्नुपर्ने भएकाले दलहरुलाई अहिले उम्मेद्वार छान्ने चटारो छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् ।

त्यहि समयसिमालाई मध्यनजर गरेर दलका स्थानीय कमिटीले पनि सके सहमतिमा नभए आकांक्षीहरुको सुची केन्द्रमा पठाईरहेका छन् ।

दलहरुले आगामी निर्वाचनको लागि उम्मेद्वार छनोटको मापदण्डसमेत बनाइसकेका छन् ।

दलहरुले अबको केही दिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आगामी निर्वाचनको लागि उम्मेद्वार छनौट गर्ने प्रक्रिया चलिरहेको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि उम्मेद्वार बन्न आवश्यक मापदण्ड बनाएर स्थानीय मातहतका कमिटीलाई सर्कुलर जारी गरिसकेको छ ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने गरी निर्वाचनको तयारी सुरु भईसकेको जानकारी दिए ।

एमालेले यसअघि नै स्थानीय तहको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाका लागि पुनः आकांक्षा देखाउन नपाउने मापदण्ड बनाइसकेको छ ।

यता माओवादी केन्द्र आगामी निर्वाचनका लागि उम्मेद्वार छान्ने काममा अगाडि देखिएको छ । माओवादी केन्द्रका अधिकांश जिल्ला कमिटीले उम्मेद्वारले नामावली केन्द्रमा पठाईसकेका छन् ।

असोज १६ गते बस्ने बैठकले जिल्लावाट सिफारीस भएका उम्मेद्वारको नाम अन्तिम टुुंगो लगाउने माओवादी केन्द्रको तयारी छ ।

प्रमुख दलहरुले मात्र नभई अन्य दलहरुले पनि आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको कामलाई तिव्रता दिईरहेका छन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।

यस्तै, आयोगले कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, एभेरेस्ट दैनिक बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah