अश्विन १६,आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबैदलसँग सबै ठाउँमा तालमेल हुने र एमालेसँग बलियो तालमेल गर्न तयार रहेको बताएका छन् । एमालेको निर्णयपछि धारणा बनाउन माओवादी केन्द्रको पखदाधिकारी बैठक बस्दैछ ।
माओवादी पनि परिवर्तनकारी शक्तिको पक्षमा भएकाले एमालेसंग तालमेल गरेर जान तयार रहेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
एमालेले चुनावी तालमेल कसरी गर्ने भनेर अन्तिम निर्णय गर्ने जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु तयारीमा लागेका छन् । नेपाली पत्र बाट



