काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगमी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनको मुल मुद्दा ‘राष्ट्रवादी आन्दोलनका नायक’ केपी शर्मा ओली भावी प्रधानमन्त्री हुनेभन्दै चुनावी मुद्दा तय गर्ने भएको छ।

गत महिनाको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समितिको बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुको माग अनुसार एमालले सो निर्णय गर्न लागेको एक स्थायी समितिका सदस्यले अन्नपूर्णलाई दिए। नेपाली कांग्रेसले यस अगाबै २०५६ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले बहुमत पाएमा पार्टीका संस्थापक नेता एवं पूर्वं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुने घोषणापत्र सहित चुनावी मैदानमा गएको थियो। कांग्रेसले चुनावी घोषणापत्रमा गरेको प्रतिवद्धता पुरा गर्दै भट्टराईलाई प्रधानमन्त्री गराईयो। प्रधानमन्त्रीको कार्यकाल ६ महिना नपुग्दै किसुनजीलाई सो पदबाट हट्न कांग्रेसको तत्कालिन नेतृत्वले गरेको अराजनीतिक गतिविधि बिरुद्ध भट्टराईले प्रतिनिधिशभा मार्फत दिएको राजीनामा यो युगकै ‘घातअन्र्तघात र प्रतिघात’ बिरुद्धको प्रतिवाद रहेको छ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी समितिले आफ्नो पार्टीलाई निषेध गरेर प्रदेश नम्बर २ मा गरिएको चुनावको समग्र प्रतिनिधित्वमा एमालेले सकारात्मक स्थान हासिल गरेको निष्कर्षमा पुगेको छ। प्रदेश २ को स्थानीय चुनावको समीक्षागर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका वावजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष ब्यक्त गरेको हो। आइतबार बसेको संघीय र प्रदेशको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षाकागर्दै आगामी चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित गर्ने निर्णय समेत गरेको छ।

एमालेले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको निष्कर्ष निकाल्दै प्रदेश र प्रतिनिधिसभाको चुनावबाट पनि पहिलो दल बन्ने गरि तयारी थाल्न सवै तहका नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको जानकारी केन्द्रीय कार्यालयका सचिब कृष्णगोपाल श्रेष्ठले दिए उनले अन्नपूर्णसंगको कुराकानीमा भने,‘प्रदेश नम्बर २ मा भएको ते श्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दा पनि समग्र सिट सख्याको आधारमा एमाले दोस्रो स्थानमा रह्यो।’ स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएको उनले बताए। श्रेष्ठले पार्टी एकता नीतिगत कुरा भएकोले कुनै रोड म्याप बनिसकेको छैन, आगामी स्थायी समितिको बैठकसम्म केही बन्न पनि सक्ने संभावना रहेको जानकारी उनले दिए।

एमालेका उपाध्यक्ष भिमबहादुर रावलले आउने प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनमा सबै वाम, प्रजातान्त्रिक देशभक्त , राष्टवादी शक्तिसंग चुनावी तालमेल गर्ने भन्ने निर्णय भएको उनले बताए। रावलले अन्नपूर्णको एक प्रश्नमा चनावी तालमेल भनिएको हो। पार्टी एकता होइन, कोही चुनावी तालमेलमा आउदा पार्टी एकतचा गर्छ भने, त्यो पनि स्वभाविक रुपमा लिइनेछ।’ एमालेका सचिब प्रदिप ज्ञवालीले पार्टी अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषण गरेर चुनावी प्रचारमा जाने रणनीतिमा एमाले रहेको बताए। ज्ञवालीले भने,‘ आगामी २५ र २६ गते बस्ने स्थायी कमिटिको बैठले यसबारेमा निर्णय गर्छ।’ मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि र स्थायित्व कायमगर्नको लागि बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशीलशक्तिहरुसँग गठबन्धन बनाउने पार्टीले निर्णय लिएको उनले बताए। एमालले कसैको गठबन्धन भत्काउन नचाहानजे बताउदै उनले भने,‘ गठबन्धन बिरुद्ध एमालेले जनमत पाईसकेको छ। ’ कांग्रेससँग चुनावी तालमेल नहुँनाको कारण दिदै ज्ञवालीले भने,‘ कांग्रेसको घोषित नीति नै दुई प्रमुख पार्टी मिल्नै हुँंदैन भन्ने छ। त्यसैले एमाले कांग्रेससंग स्वस्थ प्रतिष्पर्धा गर्दैछ।’ अन्नपूर्ण पोस्ट बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah