काठमाडौं । एउटै चुनाव चिन्ह लिएर चुनाव लड्नका लागि कानुनी जटिलता देखिएपछि एमाले र माओवादी केन्द्रले आ–आफ्नो चिन्हबाट चुनावमा जाने भएका छन् ।
यसअघि सूर्य चिन्हबाट दुई पार्टीले ६०÷४० को अनुपातमा उमेदवार बनाउने सहमति गरेका थिए । तर, कानुनी जटिलता र यो प्रक्रिया ढिला चलेका कारण ६० एमाले उमेदवारले सूर्य चिन्हबाट र ४० प्रतिशत माओवादी उमेदवार हसिया हथौडाबाट निर्वाचनमा जाने भएका हुन् ।
निर्वाचन आयोगले भदौ मसान्तसम्म एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जान चाहने दलहरुलाई समय दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए
त्यो समयमा पार्टीहरुले छुट्टा–छुट्टै चुनाव चिन्ह र उमेदवारका लागि आधिकारीक हस्ताक्षर बुझाएका थिए । जसले गर्दा एउटै चुनाव चिन्हबाट लड्ने सहमति सम्भव नभएको हो ।
“कानुनी व्यवस्थाअनुसार भदौ अन्तिमसम्म एउटै चुनाव चिन्हबाट लड्न चाहने दल र आधिकारिक हस्ताक्षर मागेका थियौं,” ढकालले भने, “उहाँहरुले छुट्टा–छुट्टै निवेदन दिनुभएको छ । यसले गर्दा दुई पार्टी रहँदै एउटै चुनाव चिन्ह सम्भव देखिँदैन ।”
दुई पार्टीले पनि आज (मंगलबार) प्राविधिक कारण देखाउँदै तालमेल गरेपनि फरक चिन्हबाट लड्ने सहमति गरेका हुन् ।
— बार्ह खरी