चितवन ,१७ असोज । चितवनको  भण्डारा सडक खण्ड अहिले तनाव ग्रस्त बनेको छ । आज भएको दुर्घटनाको विषयलाई लिएर स्थानिय सडकमा उत्रिएपछि तनाव बढेको हो ।

स्थानियले गरेको प्रर्दशन नियन्त्रण लिन प्रहरीले हवाई फायर समेत गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय भण्डारामा स्थानीयबासीले तोडफोड समेत गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहीदिन अघि भण्डारामा भएको सवारी दुर्घटना स्थानीय कुशल रुवालीको गएराती मृत्यु भएपछि स्थानीयआक्रोशित भएका हुन् ।

रुवालीलाई ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले कारवाही नगरेको भन्दै स्थानीयआक्रोशितका छन् । न्युज अभियान बाट