काठमाडौँ, असोज १७ | झापाको शिवसताक्षी नगरपालिका (साविकको शिवगञ्ज गाविस ५ लालपानी)की २९ वर्षीया बहा मुर्मु ४ वर्ष अघि कुवेत आउनु भएको हो । गहुँगोरो वर्ण, सुन्दर रुप लिएर कुवेत आएकी मुर्मु बिरामी परेपछि हिजोआज चिन्नै नसकिने अवस्थामा पुग्नुभएको छ ।

मुर्मुका श्रीमान् रोजगारीका लागि मलेसिया गएका थिए । तर उनलाई मलेसिया फापेन । पैसा कमाउनु त कता हो कता उनी अल्सरको बिरामी भएर नेपाल फर्किए । बहा मुर्मुले श्रीमानको उपचारका लागि घरघडेरी बेच्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर रोग निको भएन । त्यसैले उहाँ बिरामी श्रीमान्, ११ वर्षकी छोरी र ८ वर्षको छोरा छाडेर थोरैतिनो खर्च कमाई भइहाल्ला कि भन्ने आशमा दलालले देखाएको बाटोबाट रोजगारीका लागि कुवेत आउनु भएको हो ।

बहा मुर्मुका श्रीमान् अझै निको भएका छैनन् । रोगले झनझन च्याप्दै लगेको छ । पेटको एकापट्टि प्वाल पारेर पाइपबाट दिसापिसाव निकाल्ने गरिएको छ ।

उनै श्रीमान् र दुई बालबच्चाको पालनपोषण तथा शिक्षादिक्षाका लागि खाडीको देश कुवेत आएकी बहा मुर्मुको विदेश बसाई सुखद रहेन ।

उहाको दुखद कहानी र उहाको पुरा दुखद जीवन प्रसङ्ग हेर्नुहोस भिडियोमा

साझापेज बाट सभार