काठमाडौं, १८ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पछि पार्टी एकता हुने सहमतिले यतिखेर सबैभन्दा धेरै तनावमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परेका छन् । सत्ता गठबन्धन छाडेर एकाएक एमालेसँग माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेपछि अब के गर्ने भन्नेमा देउवा आन्तरिक छलफलमा लागेका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि देउवामाथि सरकार छाड्न दबाब परेको छ । यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने बताइसकेका छन् । तर, पनि माओवादी केन्द्रले राजनीतिक इमान्दारिता देखाउन नसकेको भन्दै कांग्रेसभित्रैबाट देउवालाई बृहत् प्रजातान्त्रिक मोर्चा गठन गर्ने वा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति केही पर सार्न दबाब पर्न थालेको छ । कार्यकारी अधिकार प्रयोग गरी देउवाले निर्वाचनको मिति परे सारे एमाले–माओवादी केन्द्र चुनावी तालमेल प्रभावित हुन सक्ने सुझाव उनलाई दिइएको स्रोतले जनाएको छ ।

मंगलबार नै प्रधानमन्त्री देउवाले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए ।पछिल्लो राजनीतिक परिस्थितिबारे देउवाले बुधबार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलगायतसँग परामर्श गर्ने तयारी गरेका छन् ।

मुलुकको राजनीतिमा आकस्मिक परिवर्तन आएपछि भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा एमाले र माओवादी केन्द्रबीचको सहकार्यपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बताइएको छ । बैठकमा मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्य दलसँगको तालमेल र सरकारको आगामी भूमिकाबारे छलफल हुनेछ । मिडिय एनपी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah