सहबान अन्सारी /निकिता पोखरेल

नवलपरासीको त्रिबेणीमा नारायणी नदिमा डुबेर बेपत्ता भएका बालक आज मृत अवस्थामा भेटिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलवार बिहान बिनयी त्रिबेणी गाऊपालिका वडा नं.७ बस्ने लालमणी थनेतको छोरा( १०) बर्षिय सुजन थनेत आफ्नै घर अगाडी नारायणी नदिमा तिन जना साथी सगं नुहाऊने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता थनेतलाई खोजी कार्य हिजो देखी तिब्र पारिएपछि आज बिहान त्रिबेणी स्थित पश्चिम गण्डक नहरमा शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रहरी नायब निरिक्षक लेखनाथ भन्डारीले जानकारी दिनुभयो।

शवलाई पोस्टमार्टमकोलागी पृथ्वीचन्द्र जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ।