काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँतीले आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई भाटे कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका निम्ति तालमेल गरेर अगाडि बढ्ने र चुनावपछि पार्टी एकता गर्ने विषयमा सहमति गरे लगत्तै किराँतीले यस्तो चेतावनी दिएका हुन्।

भोजपुरको आम्चोक गाउँपालिका पुगेका किराँतीले बुधबार पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई एमालेमा पार्टी विलय गराउने खेलमा प्रचण्ड लागिपरेको भन्दै पहिचानविरोधीलाई नछोड्ने चेतावनी दिएका हुन्।

 

‘माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ। त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु’, यस्तो आह्वान गर्दै नेता किराँतीले भनेका छन्, ‘सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु।’ अन्नपूर्ण पोस्ट बाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah