असोज १९, काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताउनुभएको छ । एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आज यहाँ आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताउनुभयो ।

देशलाई आर्थिक समृद्धिको दिशामा लैजान एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा एमाले पार्टीे पहिलो स्थानमा आउने उहाँको दाबी थियो । उक्त निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइभन्दा बढी मतको आधारमा सरकार बन्ने उहाँले बताउनुभयो ।

उक्त चुनावमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर नै निर्वाचनमा जाने तय भएको उहाँले बताउनुभयो । सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा (माओवादी केन्द्र) भने टुङ्गोमा पुग्न बाँकी रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो । एमालेको नेतृत्वमा निर्माण हुने सरकारले दैलेखको पेट्रोल खानी र नवलपरासीको फलाम खानी सञ्चालन गर्ने र देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवा वर्गको विदेश पलायन रोक्ने अध्यक्ष ओलीले बताउनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का केन्द्रीय सदस्य बाबुकाजी प्रधान, आमन्त्रित केन्द्रीय सदस्यद्वय सुदर्शन बानियाँ र शान्ति सिजापतिलाई टीका लगाएर स्वागत गर्नुभएको थियो । केन्द्रीय सदस्य प्रधानको नेतृत्वमा विभिन्न पार्टीबाट ५० जना एमालेमा प्रवेश गर्नुभएको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah